प्रतिनिधिसभाले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विषयगत समितिमा पठाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई बधाई ज्ञापन गर्नुभएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको बताउनुभएको छ ।
कालीकोटको विभिन्न क्षेत्रमा चितुवा बाघ फैलिएको छ । शुक्रबार राति कालीकोटको पलाँता गाउँपालिका–८ को वन क्षेत्रमा पसेको चितुवाले वनमा चरिरहेका एकै बगालका ७ बार्खा मारेको छ ।
बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाँडामा ३० फिट अग्लो बुद्धको प्रतिमा निर्माण गरिएको छ । बनेपा–४ स्थित उक्त डाँडामा बाह्य तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बुद्धको मूर्ति निर्माण गरिएको हो ।
म्याग्दीको पर्यटकीयस्थल टोड्को जोड्ने सडक स्तरोन्नति योजना सञ्चालन गरिएको छ । सङ्घीय सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको एक करोड रुपियाँबाट सडक स्तरोन्नति थालिएको हो ।
प्रनिधिनिसधाको आजको शून्य समयमा सांसदहरूले जलवायु परिर्वतनको असर रोक्न नेपालले गर्ने प्रयासदेखि विपद् व्यवस्थापन र पुनःनिर्माणलाई प्राथमिकता जोड दिन आग्रह गर्नुभएको छ ।
‘पैदलमैत्री र साइकलमैत्री पूर्वाधार विकासलाई प्राथमिकता दिऔं, सडक सुरक्षा र गुणस्तरीय स्वास्थ्य सेवा निर्माणमा सबै जुटेर लागौं’ भन्ने मूल नाराका साथ जनकपुरधाममा ८ औं संयुक्त राष्ट्रसंघीय विश्व सडक सुरक्षा सप्ताह सचेतनामूलक कार्यक्रमसहित मनाइएको छ ।
गुल्मीमा वार्षिक साढे चार अर्ब रुपियाँ बढीको पशुजन्य उत्पादन हुने गरेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्कअनुसार मासु, दुध र अण्डा गरेर चार अर्ब ५९ करोड २९ लाख चार हजार रुपियाँ बराबरको पशुजन्य उत्पादन हुने गरेको हो ।
इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक दिनपछि गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ जनाको मृत्यु भएको र तीमध्ये आधाभन्दा बढी बालबालिका रहेको बताएको छ ।
उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लापुबेँसीमा रहेको न्याउली खोलामाथि रहेको निर्माणाधीन पक्कीपुल वर्षौंदेखि अलपत्र अवस्थामा छ । २०७९ साल साउन २३ गते निर्माण सुरु भएको पुल अलपत्र अवस्थामा रहेको हो ।
संसार क्रियसन नेपालको आयोजनामा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको प्रेक्षालयमा तेश्रो संसार नेसनल स्टार म्युजिक भिडियो अवार्ड सम्पन भएको हो ।
रारामा पाँचौँ ट्रेल–रन जेठ ९ गते रारा तालको किनारामा हुने भएको छ ।
खानेपानीमन्त्री प्रदीप यादले वीरगन्ज महानगरपालिका–१८ सुखचैना र वडा न २१ परवानीपुर क्षेत्रमा अब जल निकासी प्रणालीमा सुधार हुने बताउनुभएको छ ।
बर्दिया जिल्लाको ३६ हजार हेक्टर जमिनमा सिँचाइगर्ने उद्देश्यले सुरु गरिएको बबई सिँचाइआयोजनाले झण्डै ७६.५ प्रतिशत काम सम्पन्न गरेको छ ।