जुम्ला गुठिचौर गाउँपालका-२ को झुलेनी भन्ने ठाउँमा चट्याङले लागेर २१ वटा भेडाबाख्रा मरेका छन् । शनिबार साँझ पाँच बजेति रुखमुनि बसेका बेला चट्याङ पर्दा २१ वटा भेडाबाख्रा मरेका हुन् ।
म्याग्दी सदरमुकाम बेनीमा वितरण हुने खानेपानी आयोजनाको क्षमता विस्तार भएको छ । दुई करोड ४६ लाख लागतमा विभिन्न संरचनाहरू निर्माण गरी आयोजनाको क्षमता विस्तार गरिएको हो ।
नेपाली सेनाको २६ नम्बर बाहिनी भकुण्डेबेशी काभ्रेपलाञ्चोकको आयोजनामा आईतबारदेखि ‘बाहिनीपति ट्रफी’ सुरु भएको छ ।
ठेकेदारको ढिलासुस्तीले सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिकाको प्रशासकिय भवन निर्माण कार्यले गति लिन सकेको छैन।
वन तथा वातावरण राज्यमन्त्री रूपा विकले तीव्र सहरीकरण र जनसङ्ख्या वृद्धिका कारण वायुको गुणस्तर खस्किएको उल्लेख गर्दै नियन्त्रणका लागि तत्काल कदम चाल्नुपर्ने आवश्यकता आँैल्याउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समयसमयमा विद्युत् आपूर्ति बन्द हुनुका कारणबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरूले विद्युत् आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गरी नियमित आपूर्तिका लागि सरकारसँग माग गर्नुभयो ।
इलामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा कोशी प्रदेश स्तरीय तस्बिर प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न भएको छ ।
सिन्धुली जिल्लाकै सबैभन्दा ठुलो स्वास्थ्य संस्था ‘सिन्धुली अस्पताल’ विशेषज्ञ चिकित्सकको अभावमा सेवा प्रवाह प्रभावित बन्दै गएको छ ।
स्थानीय सेवा ऐन चाँडै जारी गर्नुपर्ने लगायतको माग राख्दै आन्दोलन गर्दैआएका स्थानीय तहका कर्मचारीसँग सुदूरपश्चिम प्रदेश सरकारले सहमति गरेको छ । गएराति सरकार र कर्मचारीबिच भएको वार्तामा मध्यरातमा सहमति जुटेको हो ।
सगरमाथा संवादको सन्देशसहित हिमाल आरोहणमा गएका सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्बोच्च शिखर सगरमाथा सफल आरोहण गर्नु भएको छ ।
काठमाडौंमा भएको सगरमाथा संवाद कार्यक्रममा इलामको चियाको बजारीकरणका लागि प्रदर्शनीमा राखिएको छ । सगरमाथा संवाद कार्यक्रममा परराष्ट्र मन्त्रालय, नेपाल टुरीजम बोर्ड, सूर्योदय नगरपालिका र टी स्टेशन इन प्रा.लि.को समन्वयमा इलाम जिल्लासहित सूर्योदय नगरपालिका भित्रका १८ बढी उद्योगका चियाका सेम्पल प्रदर्शनीमा राखिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ भाषा
भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु (ब्रेनडेथ) भएका व्यक्तिबाट एउटै व्यक्तिमा मिर्र्गौला र कलेजो प्रत्यारोपण गरिएको छ ।
कोशी प्रदेशसभाको सातौँ तथा बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ ।
प्रतिनिधि सभाको बैठक सुरु भएकाे छ । आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेश हुने कार्यसूची रहेकाे छ ।