काठमाडौँ, जेठ ५ गते । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्दैछ । प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेका अनुसार आजको बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ लाई पारित गरियोस् भनी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रस्ताव गर्ने सम्भावित कार्यसची छ । पूर्वाधार विकास समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल गरी पारित गर्ने कार्यसूची छ । त्यस्तै राष्ट्रियसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ सभा समक्ष पेस गर्नुहुनेछ । नेपालको चलचित्र उद्योगलाई थप व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउने लक्ष्यका साथ सरकारले सो विधेयक ल्याइएको बताउँदै आएको छ । यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रधस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै, आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्राल र युवा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नका सम्बन्धित मन्त्रीले जवाफ दिनुहुने कार्यसूची छ ।
गुल्मी, पर्वत र स्याङ्जाको सङ्गमस्थल सेतीवेणीमा रहेको शिला शालिग्राम कालीगण्डकी नदीको कटानले जीर्ण बनेको छ । जीर्ण रहेको झन्डै पाँच वर्ष बित्न लाग्दासमेत यसको संरक्षणमा कसैले चासो दिएको छैन । स्थानीय व्यापारी प्रेम अर्यालले लुम्बिनी र गण्डकी प्रदेशको सङ्गमस्थलमा रहेको एसियाकै ठुलो शिला शालिग्राम यसरी जीर्ण अवस्थामा रहनु दुःखद भएको बताउनुभयो ।
बर्दियाको गुलरिया नगरपालिका–१२ मा रहेको भैसाही गाउँ थारू समुदायको बाक्लो बस्ती भएको ठाउँ हो । भैसाही गाउँका अधिकांश मानिस खेतीकिसानीमै भर पर्नुपर्ने अवस्था छ ।
प्रतिनिधि सभाले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संशोधनसहित पारित गरेको छ । अब पारित विधेयकको जानकारी राष्ट्रिय सभामा पठाइने छ । माथिल्लो सदनले संशोधन स्वीकार गरेमा विधेयक प्रमाणित र प्रमाणीकरणको प्रक्रियामा जाने छ ।
सिन्धुली जिल्लाकै सबैभन्दा ठुलो स्वास्थ्य संस्था सिन्धुली अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव हुँदा सेवा प्रभावित बन्दै गएको छ । एक वर्षअघि ५० श-याबाट विस्तार ग
माछापोखरी निर्माण गर्दा ५६ करोड रुपियाँभन्दा बढी भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन मन्त्री विजयकुमारसहित आठ
पहिले गाउँमा सडक, स्वास्थ्य र शिक्षाको अभाव भन्दै मानिसहरू सहरमा बसाइँसराइ गर्थे । अहिले पूर्वाधार विकास गाउँतिर उकालो चढ्दै छ, गाउँका मानिस ओरालो झर्दै छन् ।
राष्ट्रिय मानव अधिकार आयोगले गत चैत १५ गतेको तीनकुने घटना सम्बन्धमा आयोगले अनुसन्धान पूरा गरेको बताएको छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा एवं नेपाली कांग्रेस ओखलढुंगा पूर्व सभापति महेशकुमार कोर्मोचाको आइतबार अन्त्येष्टि गरिएको छ ।
नेपाल प्रहरीले काठमाडौंको अनामनगरस्थित एक घरमा जुवातास खेलिरहेका १० जनालाई पक्राउ गरेको छ।
सर्लाहीको सीमावर्ती क्षेत्रस्थित पर्सा गाउँपालिका ५ मा सुँगुरको खोरभित्र थुनेर कुटपिट गरेको घटनाको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। स्थानीय तस्लिम अन्सारीलाई सुँगुरको खोरभित्र थुनेर कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा छ। प्रहरीले सो घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको छ।
प्रथम राष्ट्रब्यापी रेटिङ बुद्धिचालको उपाधि सिएम पुरुषोत्तम चौलागाईंले जित्नुभएको छ ।
वैदेशिक रोजगारीबाट फर्किएका युवाहरू अहिले गाउँमै अटो रिक्साको व्यवसायमा लाग्न थालेका छन् ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई विद्यालय शिक्षा विधेयक–२०८० का सम्बन्धमा गठित उपसमितिले प्रतिवेदन बुझाएको छ।
चलचित्र पत्रकार सङ्घ नेपाल बाँकेले गोरखापत्रकर्मी साबित्री गिरी र नृत्य निर्देशक एवम् कलाकार नवराज सुवेदीलाई सम्मान गरेको छ ।