सरकारले पर्यटन मन्त्रालयका लागि १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ ।
सरकारले आगामी आर्थिक वर्षभित्र देशभरका एक सय स्थानीय तहमा भूमि बैँक सञ्चालन गर्ने भएको छ ।
सरकारले प्रदेशका लागि ३० अर्ब ३५ करोड र स्थानीय तहका लागि दुई खर्ब ११ अर्ब ४६ करोड गरी जम्मा दुई खर्ब ४१ अर्ब ८१ करोड रकम सशर्त विनियोजन गरेको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षमा नेपाली उद्योगलाई प्रवर्धन गर्नेगरी उद्योगमा लगानी गर्ने व्यवस्था मिलाइएको बताउनुभएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमि सुधार तथा नापीका अभिलेखलाई डिजिटलाइज गरिने बताउनुभएकाे छ ।
सरकारले पशुपक्षीमा लाग्ने रोग तथा महामारी नियन्त्रण गर्न ८५ करोड बजेट विनियोजन गरेको छ।
सरकारले स्टार्टअप व्यवसायलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगारीमा रहेका सीपयुक्त नेपालीलाई स्वदेशमै उद्यमशील र स्वरोजगार बन्न आकर्षित गर्ने बताउनुभएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
सरकारले दलित समुदायको कलालाई उत्थान गर्न बजेटमार्फत सम्बोधन गरेको छ ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समयमै पर्याप्त कानुनी व्यवस्था गर्न नसक्दा र अनुगमन तथा अभियोजन प्रभावकारी हुन नसक्दा मुलुक सम्पत्ति शुद्धीकरणको सघन अनुगमन सूचीमा परेको बताउनु भएको छ ।
सरकारले सरकारले रासायनिक मलका लागि २८ अर्ब ८२ करोड विनियोजन गर्ने निर्णय गरेको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख संवाहकको क्षेत्रका रूपमा स्थापित गरिने बताउनुभएको छ ।
सरकारले कृषिमा आधुनिकीकरण अर्थतन्त्रमा रूपान्तरण कार्यक्रमलाई प्राथमिकता दिने भएको छ ।
सरकारले कृषिमा आधुनिकीकरण अर्थतन्त्रमा रूपान्तरण कार्यक्रमलाई प्राथमिकता दिने भएको छ ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ व्यवस्था सकारात्मक लयतर्फ उन्मुख रहेको बताउनुभएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।