सरकारले निर्माण सम्पन्न आधारभूत अस्पताल सञ्चालन गर्न ११ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ।
काठमाडौं उपत्यकाभित्रका कोरिडोर विकास गर्दै लगिने तथा यसका लागि तीन अर्ब ४२ करोड रकम विनियोजन गरिएको छ ।
ऊर्जा तथा सिँचाइ मन्त्रालयका लागि ८६ अर्ब एक करोड विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट सार्वजनिक गर्नुहुँदै सो जानकारी दिनुभयो ।
सरकारले भौतिक मन्त्रालयका लागि १ खर्ब ५२ अर्ब विनियोजन गरेको छ ।
सरकारले नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गरिरहेका वायुसेवा कम्पनीहरूलाई भैरहवा र पोखरा विमानस्थलबाट निश्चित सङ्ख्यामा उडान सञ्चालन गर्न सहुलियत दिने भएको छ ।
सरकारले उच्च दिगो एवम् फराकिलो आर्थिक वृद्धि हासिल गरी गरिबी निवारण गर्ने उद्देश्य लिएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गरिने बताउनुभयो ।
सरकाले आर्थिक वर्ष २०८२-८३ मा सम्पन्न हुने जलविद्युत आयोजनाबाट थप ९४२ मेगावाट विद्युत उत्पादन भई कुल जडित क्षमता चार हजार आठ सय मेगावट पुर्याउने भएकाे छ।
सरकारले आँबुखैरेनी-पोखरा सडक स्तरोन्नति गर्न ८ अर्ब ५२ करोड विनियोजन गरेको छ ।
काठमाडौँ, जेठ १५ गते। सरकारले निर्माणाधीन तथा प्रस्तावित मेडिकल कलेज निर्माण कार्य अगाडि बढाउन ५६ करोड रकम विनियोजन गरेको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२ र ८३ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माणाधीन तथा प्रस्तावित मेडिकल कलेज निर्माण कार्य अगाडि बढाउन ५६ करोड विनियोजन बजेट विनियोजन गरेको जानकारी दिनुभयो। उहाँले बुटवल, सुर्खेत, डडेलधुरामा निर्माणाधीन प्रस्तावित कलेजको पूर्वधार निमार्ण कार्य अगाडि बढाउन ५६ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभएको हो। मेडिकल शिक्षामा उपलब्ध गराउँदै आएको छात्रवृतिलाई गरिब जेहेनदार र अतिदुर्गमका विद्यार्थी लक्षित बनाउने उहाँको भनाइ छ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सङ्घ सरकारले प्रदेश र स्थानीय तहलाई वित्तीय हस्तान्तरणमार्फत् पाँच खर्ब ८२ अर्ब ८३ पठाउने भएको छ ।
नेपाल सरकारले पोड वे सेवालाई अगाडि बढाउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै सो जानकारी दिनु भएको हो ।
सरकारले काठमाडौँको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण गर्ने भएको छ ।
सरकारले भूमिसम्बन्धी कानुनमा संशोधन गरी भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या स्थायी रूपमा समाधान गर्ने भएको छ । आर्थिक वर्ष ०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताउनुभएको हो ।
कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई उपलब्ध गराइँदै आएको दिवा खाजा कार्यक्रमको बजेटमा वृद्धि गरी १० अर्ब १९ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।
सरकारले आधारभूत स्वास्थ्य सेवा, आधारभूत अस्पतालबाट निःशुल्क उपलब्ध हुँदै आएको औषधी आपूर्तिका लागि दुई अर्ब छ करोड बजेट विनियोजन गरेको छ।