शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, जेठ १५ गते । सरकारले काठमाडौँको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल निर्माण गर्ने भएको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भृकुटीमण्डपमा प्रदर्शनीस्थल निर्माणका लागि बजेटको व्यवस्था गरिएको घोषणा गर्नुभएको हो ।