सरकारले सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच कामय गर्ने भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै भन्नुभयो, “प्रेस स्वतन्त्रताको प्रवर्द्धन गरी पारदर्शीता र जवाफदेहितामा अभिवृद्धि गरिनेछ, नागरिकको वैयक्तिक स्वतन्त्रता र गोपनियताको हकको रक्षा गरिने छ ।”
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि दुई खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट सार्वजनिक गर्नुहुँदै सो जानकारी दिनुभयो ।
सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा प्रस्तुत गर्नुभएको आगामी अर्थिक वर्षको बजेटमा कृषि तथा पशुपन्छी विकास तर्फ कुल ५७ अर्ब ४८ करोड रुपिया विनियोजन गरिएको छ ।
लक्षित समुदाय र विकट हिमाली जिल्लाका विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रावृत्तिलाई निरन्तरता दिइनेछ । यसका लागि दुई अर्ब ४४ करोड रकम विनियोजन भएको छ।
आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम बिक्री गरी पीडितलाई वितरण गर्ने जानकारी गराउनुभएको हो।
सरकारले टियु क्रिकेट रङ्गशालाका लागि ४० करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट पेस गर्नुहुँदै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय खेदकुद गर्न ५४ करोड विनियोजन गरिएको बताउनुभएकाे हाे ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा यसका लागि विभिन्न कार्यक्रमको व्यवस्था गरिएको बताउनुभयो।
काठमाडौँको प्रदूषण न्युनीकरणका गर्न उपत्यकाभित्र सञ्चालित उद्योगहरूलाई उपत्यका बाहिर स्थानान्तरण गरिने भएको छ ।
शिक्षा क्षेत्रमा निःशुल्क सेनेटरी प्याड वितरणलाई निरन्तरता दिई एक अर्ब २९ करोड विनियोजन गरिएको छ ।
सरकारले इन्डोर र आउटडोर चलचित्र छायाङ्कन स्टुडियो निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य बिमा कार्यक्रमको लागि १० अर्ब विनियोजन जानकारी दिनुभएको हो ।
कक्षा ५ सम्मका विद्यार्थीलाई उपलब्ध गराइने दिवा खाजा कार्यक्रम वृद्धि गरी दस अर्ब १९ करोड विनियोजन गरिएको छ ।
दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्रि मधेशका २२ जिल्लामा चैते धान खेती प्रवर्धन कार्यक्रम सञ्चालन हुने भएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षमा थप छ हजार हेक्टर जग्गामा सिँचाइ उपलब्ध गराइनेगरी बजेट विनियोजन गरिएको बताउनुभएको छ ।