काठमाडौँ, जेठ १५ गते । कक्षा ५ सम्मका विद्यार्थीलाई उपलब्ध गराइने दिवा खाजा कार्यक्रम वृद्धि गरी दस अर्ब १९ करोड विनियोजन गरिएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट सार्वजनिक गर्नुहुँदै सो जानकारी दिनुभयो ।
शिक्षा क्षेत्रका सशर्त अनुदान कार्यक्रमलाई क्रमशः वित्तिय समानीकरण अनुदानमा रूपान्तरण गरिने छ । माध्यामिक शिक्षा परिषद्को सञ्चालन तथा व्यवस्थापन प्रदेश तहबाट गर्ने व्यवस्था मिलाइने छ ।