• १७ जेठ २०८२, शनिबार

फिल्म छायाङ्कन स्टुडियो निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने

blog

काठमाडाैँ, जेठ १५ गते । सरकारले इन्डोर र आउटडोर चलचित्र छायाङ्कन स्टुडियो निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट पेस गर्नुहुँदै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले फिल्म स्टुडियो बनाउन निजी क्षेत्रलाई प्रोत्साहित गर्ने बताउनुभएकाे हाे ।

यसैगरी, ‘इन्डोर तथा आउटडोर चलचित्र छायाङ्कन स्टुडियो निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरिने छ ।