लोकतन्त्र र महिला अधिकारका लागि दबाब अभियानका संयोजक डा. रेणु अधिकारीले लोकतन्त्रमा प्रत्येक नागरिकताले स्वतन्त्रता, सम्मान र समानताको अनुभूति गर्न पाउने बताउनुभएको भएको छ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गर्नुभएको बजेटमा भूकम्प र मनसुनजन्य विपद्बाट क्षति भएका निजी आवास, विद्यालय, सार्वजनिक पूर्वाधार, पुरातात्त्विक एवं सांस्कृतिक सम्पदा पुनर्निर्माण गर्न सो रकम विनियोजन गरिएको जानकारी दिनुभयो।
दोस्रो आदर्श कप एसइई स्तरीय फुटबल प्रतियोगिता बिहिबारदेखि बाङेचौर खेलमैदानमा सुरु भएको छ ।
सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई उपलब्ध गराइने दिवा खाजा कार्यक्रमको रकम वृद्धिगरी १० अर्ब १९ करोड विनियोजन गरेको गरेको छ। त्यसबाट २८ लाख विद्यार्थी लाभान्वित हुने सरकारको भनाइ छ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा हुलाकी राजमार्ग निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गरी तराई मधेशको आर्थिक विकास तथा अन्तर आबद्धतालाई सुदृढ गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । यसका लागि रु तीन अर्ब ५६ करोड विनियोजन गरिएको छ।
पाँचौं संस्करणको मेयर कप फुटबल प्रतियोगिताको उपाधि हेटौँडा उपमहानगरपालिका वडा नं. ७ ले जितेको छ ।
काठमाडौँ महानगरपालिका वडा नं. २२ ले सञ्चालन गरेको सहिद सुरज शाक्य स्मृति अन्तर वडाव्यापी रापिड रेटिङ चेस प्रतियोगिताको उपाधि काठमाडौँ वडा नं. ७ ले जितेको छ ।
शिक्षा र संस्कारको संगमका रूपमा परिचित चैतन्य पाठशालाद्वारा आयोजिक ‘तेस्रो सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता-२०८२’ धनगढीमा सुरु भएको छ ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रले जनतालाई शक्तिशाली बनाएको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजना गरिएको सांस्कृतिक झाँकीसहितको उत्सव कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।
सरकारले युवालाई बिना धितो दुई लाखदेखि २० लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउने भएको छ।
संसद्मा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा आधुनिक र गुणस्तरीय पूर्वाधार निर्माण गरी मुलुकको आर्थिक सामाजिक विकासलाई तीव्रता दिइने जानकारी दिनुभयो।
नेपाली कांग्रेसका नेता तथा पूर्व राज्यमन्त्री गणेशबहादुर खड्काको ८२ वर्षको उमेरमा निधन भएको छ । दैलेखको नारायण नगरपालिका –७ किमुगाउँस्थित आफ्नै निवासमा उहाँको आज विहान निधन भएको हो ।
सङ्घीय संसदको आजको संयुक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा काठमाडौँ उपत्यकाको यातायात व्यवस्थालाई वातावरणमैत्री बनाउन साझा यातायातलाई थप विद्युतीय बस उपलब्ध गराइने बताउनुभएको हो।
मधेश प्रदेशको राजधानी जनकपुरधामसहित प्रदेशको आठ वटै जिल्लाको सदरमुकाम र विभिन्न पालिकामा १८ औं गणतन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजन गरी मनाइएको छ । कार्यक्रममा पत्रकारलाई अभिनन्दित गरिएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसदका दुवै सदनमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य पेस गर्नुहुँदै सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटले प्रस्ताव गरेका योजना तथा कार्यक्रमले उक्त आर्थिक वृद्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।