सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत ८६ अर्ब एक करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर एक हजार ५१७ अमेरिकी डलर पुगेको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ ।
सरकारले उत्पादन तथा उत्पादकत्व वृद्धि गरी अर्थतन्त्रमा औद्योगिक योगदान बढाउन औद्योगिक पूर्वाधारलाई उच्च प्राथमिकतामा राखेको छ ।
सार्वजनिक संस्थानमा सरकारको लगानी ५.८६ प्रतिशतले बढेर सात खर्ब तीन अर्ब ९३ करोड पुगेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको सम्मान नै आत्मनिर्भरताको आधार रहेको बताउनुभएको छ ।
न्युजिल्यान्डका उपप्रधानमन्त्री एवं विदेशमन्त्री विन्स्टन पिटर्स ७२ औँ सगरमाथा दिवस मनाउन हिमाली पर्यटनको केन्द्र सोलुखुम्बुको खुम्जुङ पुग्नुभएको छ । न्युजिल्यान्डका नागरिक एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पाइला टेकेको दिनको सम्झना गर्न उपप्रधानमन्त्री पिटर्स सगरमाथाको काखमा रहेको खुम्जुङमा आउनुभएको हो ।
सरकारले नसर्ने रोगलाई प्राथमिकतामा राखेर सातै प्रदेशमा मुटु रोग र क्यान्सर रोगको उपचार विस्तार गर्ने भएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत एक दर्जनभन्दा बढी शीर्षकमा कर छुट दिएको छ ।
बजेटले पहिलो पटक नेपाली व्यवसायी वा कम्पनीलाई विदेशमा आंशिक लगानीको बाटो खुला गरेको छ । पहिलो पटक २०४८/४९ सालको बजेटमा निजी क्षेत्रलाई लगानी खुला गरेयताकै यो दोस्रो ‘डिपार्चर’ हो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले दिएका सुझाव अधिकांश समेटिएको बताउनु भएको छ ।
नेपालस्थित पाकिस्तान दूतावासद्वारा आयोजित १२औं वार्षिक ‘एम्बेसडर अफ पाकिस्तान’ निबन्ध लेखन प्रतियोगिता तथा ८औं वार्षिक ‘एम्बेसडर अफ पाकिस्तान’ वक्तृत्वकला प्रतियोगिता बिहीबार सम्पन्न भएको छ।
नेपाली महिलालाई उद्यमशीलताको क्षेत्रमा अग्रसर गराउने उद्देश्यले नेपालमै पहिलोपटक ‘एकेडेमी फर वुमन इन्टरप्रिनर्स’ कार्यक्रमको सुरुआत गरिएको छ।
नेपाल सरकारले नेपाल पढ्न आउने विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउने भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले बजेट विगतको एउटा निरन्तरताका रुपमा मात्र सीमित रहेको प्रतिक्रिया दिनुभयो ।