काठमाडौँ, जेठ १५ गते। लोकतन्त्र र महिला अधिकारका लागि दबाब अभियानका संयोजक डा. रेणु अधिकारीले लोकतन्त्रमा प्रत्येक नागरिकताले स्वतन्त्रता, सम्मान र समानताको अनुभूति गर्न पाउने बताउनुभएको भएको छ।
उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै महिलाको प्रतिनिधित्व, सहभागीता र अधिकारमा महत्वपूर्ण उपलब्धी हासिल भएको बताउनुभयो। यसका लागि राजनीति दल र नागरिक समाजको सहकार्य एवम् संयुक्त प्रयासले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ।
उहाँले लोकतन्त्र स्थापनापछि महिला मानव अधिकारर रक्षकहरुको राष्ट्रिय सञ्जालले २०६५ र २०६६ मा प्रमुख राजनीतिक दललाई महिलाको अधिकार सुनिश्चित गर्नुपर्ने क्षेत्रहरु पहिचान गर्दै आफ्ना धारणा र सुझावसहित बडापत्र बुझाएको उल्लेख गर्नुभयो।
उहाँले लोकतन्त्रबिना महिला अधिकारको परिकल्पना गर्न नसकिने विषयमा जोड दिनुभएको छ।