काठमाडौँ, जेठ १५ गते । सरकारले टियु क्रिकेट रङ्गशालाका लागि ४० करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट पेस गर्नुहुँदै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय खेलकुद गर्न ५४ करोड विनियोजन गरिएको बताउनुभएकाे हाे ।
युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड विनियोजन गरिएको छ ।
यसैगरी, गौतमबुद्ध रङ्गशालाको सम्पत्ति खरिद गर्न सर्शत अनुदान दिइने छ । मूलपानी लगायतका क्रिकेट रङ्गशालाका लागि ४२ करोड विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।