सरकारले अनुपयुक्त आयोजना कटौती गर्ने भएको छ ।
दक्षिण कोरियाको सैन्य विमान दुर्घटनामा सबै चार जना चालक दलका सदस्यको मृत्यु भएको स्थानीय पत्रिका चोसुन इल्बोले बिहीबार जनाएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ व्यवस्था सकारात्मक लयतर्फ उन्मुख रहेको बताउनुभएको छ ।
लुम्बिनी प्रदेश सरकारले १८औँ गणतन्त्र दिवस भव्य रूपमा विविध कार्यक्रमसहित मनाएको छ । प्रभातफेरी, सांस्कृतिक झाँकी र मुख्य समारोह आयोजना गर्दै प्रदेशले दिवसलाई गौरवपूर्ण रूपमा मनाएको हो ।
चालु आर्थिक वर्ष २०८१/८२ मा मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने भएको छ । बिहीबारको संसदमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण २०८१/८२ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै सोबारे जानकारी गराउनुभएको हो ।
कृषि उत्पादन वृद्धि र श्रम लागत घटाउने उद्देश्यले फिदिम नगरपालिकाले तीन करोड ६० लाख रुपियाँ बराबरको कृषि औजार तथा उपकरण खरिद गरेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२ - ८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) भाषण सुरु भएको छ । संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट पेस गरिरहनुभएको छ ।
राष्ट्रियसभा बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गर्नुभएको छ ।
आर्थिक वर्ष २०८२/८३ को बजेटको ब्रिफकेस बोकेर सङ्घीय संसद भवन पुग्नुभएको छ ।
बारा अमलेखगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको ट्याङ्कर बगुवा खोलाले बगाएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुर जिल्लाको सिमामा रहेको बगुवा खोला पुलमा बिहीबार बिहान उक्लनेक्रममा हिलो बाटो भएकाले चिप्लिएर ब्याक भइ खोलामा खस्न गई गाडी बगाएको हो ।
धार्चे गाउँपालिका–१ हुल्चुकमा बुधबार बेलुका ११ बजको समयम ५२ वर्षीय राजु घलेको घर जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्याल गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा बिहीबार भएको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले आगामी तीन आर्थिक वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत गरेको छ ।
चीनको प्राकृतिक एवम् जैविक विविधता समेटिएको वृत्तचित्र ‘जहाँ शक्तिशाली नदी उत्पत्ति हुन्छन्’ प्रदर्शन भएको छ।
बाँके जिल्लाको कोहलपुर नगरपालिकामा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा वितरण सुरु गरिएसँगै अन्य पालिकामा पनि वितरणको तयारी तिव्र पारिएको छ ।
१८ औँ गणतन्त्र दिवसको अवसरमा प्युठानमा प्रभातफेरी, सरसफाइ, सम्मान तथा सामाजिक उत्तरदायित्वसम्बन्धी विविध कार्यक्रम गरिएको छ ।