• १७ जेठ २०८२, शनिबार

अर्थतन्त्र सकारात्मक लयतर्फ उन्मुख

blog

आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषण गर्नुहुँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल। तस्बिरः केशब गुरुङ

काठमाडौँ, जेठ १५ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ व्यवस्था सकारात्मक लयतर्फ उन्मुख रहेको बताउनुभएको छ । 

आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उहाँले यस्तो बताउनुभएको हो । । गत वर्ष आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा ४।६ प्रतिशत हुने प्रक्षेपण रहेको बताउनुभयो । 

उद्योग, निर्माण थोक तथा खुद्रा व्यापार लगायतका क्षेत्रमा गत आर्थिक वर्षमा ऋणात्मक वृद्धिदर रहेकोमा चालु आर्थिक वर्षमा अर्थतन्त्रका सबै क्षेत्रहरू धनात्मक वृद्धिदर हुने अनुमान रहेको बताउनुभयो ।