• १७ जेठ २०८२, शनिबार

विकट हिमाली क्षेत्रका विद्यार्थीको छात्रवृत्तिका लागि दुई अर्ब ४४ करोड

blog

काठमाडौं, जेठ १५ गते । लक्षित समुदाय र विकट हिमाली जिल्लाका विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रावृत्तिलाई निरन्तरता दिइनेछ । यसका लागि दुई अर्ब ४४ करोड रकम विनियोजन भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट सार्वजनिक गर्नुहुँदै सो जानकारी दिनुभयो । मुसहर, डोम र चमार समुदायका विद्यार्थीलाई चिकित्सातर्फको उच्च शिक्षामा उत्प्रेरणा छात्रावृत्तिमा उत्प्रेरणा प्रदान गरिनेछ ।