काठमाडौँ, जेठ १५ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि दुई खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट सार्वजनिक गर्नुहुँदै सो जानकारी दिनुभयो ।
मुसहर, डोम र चमार समुदायका विद्यार्थीलाई चिकित्सातर्फको उच्च शिक्षामा उत्प्रेरणा छात्रावृत्तिमा उत्प्रेरणा प्रदान गरिने छ । उच्च्च शिक्षा हासिल गर्न नसकेका युवालाई सीपमूलक तालिमका माध्यमबाट उद्यमशील बनाइने छ ।
आगामी वर्ष प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट २६ हजार नौ सय युवालाई ६ महिनाभन्दा बढी अवधिको तालिम प्रदान गरिने छ ।
हप्तामा २० घण्टा कामको न्यूनतम ज्यालासहित कमाउँदै पढ्ने कार्यक्रम सञ्चालन गरिने छ ।