• १७ जेठ २०८२, शनिबार

सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम हुने

blog

काठमाडौँ, जेठ १५ गते। सरकारले सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गर्ने नीति लिएको छ। आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम बिक्री गरी पीडितलाई वितरण गर्ने जानकारी गराउनुभएको हो। 

सरकारले समस्याग्रस्त सहकारीका सञ्चालक र पदाधिकारीको सम्पत्ति र राहदानीसमेत रोक्का राख्ने नीतिसमेत सरकारले लिएको छ।