• १७ जेठ २०८२, शनिबार

निःशुल्क उपलब्ध औषधी आपूर्तिका लागि दुई अर्ब छ करोड बजेट

blog

काठमाडौँ, जेठ १५ गते। सरकारले आधारभूत स्वास्थ्य सेवा, आधारभूत अस्पतालबाट निःशुल्क उपलब्ध हुँदै आएको औषधी आपूर्तिका लागि दुई अर्ब छ करोड बजेट विनियोजन गरेको छ। 

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को  बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आधारभूत स्वास्थ्य सेवा, आधारभूत अस्पतालबाट निःशुल्क उपलब्ध हुँदै आएको औषधी आपूर्ती सहज गर्न दुई अर्ब छ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो। 

उहाँले यो आर्थिक वर्षमा उच्च रक्तचाप मुटुरोग, मिर्गौला कलेजो लगायतका नसर्ने रोगको निदान र उपचारका लागि दक्ष चिकित्सक र विशिष्टिकृत सेवा विस्तार गरिने बताउनुभयो।