• १९ जेठ २०८२, सोमबार

आधारभूत अस्पताल सञ्चालन गर्न ११ अर्ब २४ करोड बजेट

blog

काठमाडौँ, जेठ १५ गते। सरकारले निर्माण सम्पन्न आधारभूत अस्पताल सञ्चालन गर्न ११ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ। 

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को  बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण सम्पन्न अस्पतालाई स्थानीय तह र समुदायको सहकार्यमा सञ्चालन गर्न ११ अर्ब २४ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो। 

यो आर्थिक वर्षभित्र निर्माणधीन आधारभूत अस्पतालको निर्माण कार्य सम्पन्न गरिने बताउनुभयो। उहाँले सङ्क्रामक रोग महामारीबाट सिर्जना हुने स्वास्थ्य आपतकालीन पूर्वतयारी तथा प्रतिकार्यलाई प्रभावकारी बनाउन र डेङ्गु लगायत किट जन्य रोगको  नियन्त्रण गर्न आवश्यक बजेटको व्यवस्था गरेको जानकारी दिनुभयो।