काठमाडौँ, जेठ १५ गते । सरकारले भौतिक मन्त्रालयका लागि १ खर्ब ५२ अर्ब विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट पेस गर्नुहुँदै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको साझेदारीमा व्यवस्थित सहरीकरणको विकास गरिने बताउनुभएकाे हाे ।
यसैगरी भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल निर्माण गरिने छ ।