• १७ जेठ २०८२, शनिबार

निजी क्षेत्रलाई आर्थिक समृद्धिमा जोडिने

blog

काठमाडौँ, जेठ १५ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख संवाहकको क्षेत्रका रूपमा स्थापित गरिने बताउनुभएको छ । 

आर्थिक वर्ष २०८२÷०८३ को बजेट भाषण गर्नुहुँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदन क्रमशः कार्यान्वयन गरिने उल्लेख गर्नुभएको छ । 

सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्न र सन् २०२६ मा विकासशील राष्ट्रमा स्तरोन्नती भएपश्चात् हुन सक्ने लगानीको न्युनतम पूरा गर्न स्रोतको विविधीकरण गरिने उहाँको भनाइ छ । 

बजेटमा युवा लक्षित रोजगारी सिर्जना गर्न उच्च प्राथमिकता दिइने छ ।