काठमाडौँ, जेठ १५ गते । सरकारले स्टार्टअप व्यवसायलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेन–जी पुस्तालाई लक्षित गरी नवप्रवर्तनमा आधारित स्टार्टअपलाई प्राथमिकता दिँदै ७३ करोड रुपियाँ बजेट विनियोजन गरेको बताउनुभयो ।