• १७ जेठ २०८२, शनिबार

दलित समुदायको कला उत्थान गर्न ५० करोड

blog

काठमाडौँ, जेठ १५ गते । सरकारले दलित समुदायको कलालाई उत्थान गर्न बजेटमार्फत सम्बोधन गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त सुन, चाँदी, तामा, छाला लगायत वस्तुबाट उत्पादित गरिने सामाग्री र उद्योगका उत्थानका लागि  ५० करोड रुपियाँ बजेट वियोजन गरिएको उल्लेख गर्नुभएको छ ।