नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को अध्यक्षमा विद्या गुरुङ निर्वाचित हुनुभएको छ । संयुक्त राज्य अमेरिकाको एटलान्टामा सम्पन्न ३४औँ सम्मेलनबाट चार वर्षका लागि अध्यक्ष पक्षमा उहाँ निर्वाचित हुनुभएको हो ।
आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आशिंक रुपमा मात्रै सेवा प्रवाह गर्दै आएको छ ।
कोशी प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा मोरङको उर्लाबारी नगरपालिका वडा ९ का किसानले अत्याधुनिक धान काट्ने मेसिन खरिद गरेका छन् ।
यहाँस्थित रुरुक्षेत्र गाउँपालिकाले सडक स्तरोन्नति सहज र प्रभावकारी बनाउन सडक मापदण्डभित्र पर्ने घरटहरा तथा संरचना हटाउन सम्बन्धित बासिन्दालाई अनुरोध गरेको छ ।
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट तथा बिडिसिए कपको २२औँ संस्करण आजदेखि सुरु भएको छ । क्रिकेट सङ्घको आयोजनामा दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा सुरु भएको प्रतियोगिता आज यहाँ आयोजित एक समारोहकाबीच उद्घाटन गरिएको हो ।
हुम्लाको सिमकोट गाउँपालिका–७ वडा कार्यालय निर्माणमा स्थानीयले विरोध जनाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक सौराहामा सुरु भएको छ । विस्तारित बैठक सुरु हुनुअघि आज बिहान पार्टीको केन्द्रीय समितिको बैठकले कार्यतालिका अनुमोदन गरेको हो ।
रुकुमपश्चिमस्थित नेपाली सेनाको चण्डीदल गणले चौरजहारीमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय बढीले सेवा पाएका छन् ।
हात्तीको नङ काट्ने परम्परा पहिले देखिको हो । प्राविधिक ज्ञान भएर वा नभएर नेपालमा परम्परागत रुपमा हात्तीको नङ काट्ने गरिन्थ्यो । आठ वर्ष अगाडि अमेरिकी चिकित्सकको टोली नेपालमा आएर हात्तीको नङ कसरी काट्ने भनेर नयाँ तरिका सिकाए । अहिले हात्तीको नङ काट्न सहज र फलदायी भएको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले विकास निर्माण, सुशासन र भ्रष्टाचाररहित समाज निर्माण गर्ने जेनजीको चाहनालाई प्रहरीले पूरा गर्ने बताउनुभएको छ ।
जिल्लामा यस वर्ष धान उत्पादन वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष २१ हजार ४८० ‘मेट्रिकटन’ बढी धान उत्पादन भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । लागुऔषध कारोबार मुद्दामा थुनामा रहेका वीरेन्द्रनगर नगरपालिका–११, पिपिराका ३५ वर्षीय गंगे सुनारको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
गुल्मीका १५ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै छ । सरकारले राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत देशभर बिहीबार र शुक्रबार दुई दिनसम्म बालबालिकाका लागि भिटामिन ‘ए’सँगै जुकाको औषधी खुवाउने अभियान सुरु गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ को स्वास्थ्य मूल्याङ्कनमा अर्जुनचौपारी गाउँपालिका –२ जिल्लामै पहिलो बनेको छ ।
काठमाडौँ, कात्तिक २१ गते । आफ्ना माग पूरा नभएको भन्दै भेण्डर, मेलम्ची बाढी पीडितलगायतका समितिहरुको समूहले मेलम्ची खानेपानी काठमाडौँ पथान्तरण बन्द गरेका छन् ।मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्रमा बिहीबार स्थानीयवासीले काठमाडौँ पथान्तरण गरिने पानी बन्द गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “गतवर्ष तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै स्थानीयले आज मुहान बन्द गर्नुभएको छ । मुहान बन्द गरिएपछि बिहीबार दिउँसोेदेखि काठमाडौँमा आउने मेलम्चीको पानी पूर्णरूपमा रोकिएको छ ।”विसं २०७८ सालको बाढीपहिरो पीडितलगायतका अन्य पीडितहरुका माग पूरा नभएको भन्दै स्थानीयवासीले पानी बन्द गरेका हुन् । वर्षा सुरु भएपछि गएको असारमा बन्द गरिएको मेलम्चीको पानी आपूर्ति गत असोज २६ गतेदेखि सुरु गरिएको थियो । मेलम्चीको पानी काठमाडौँमा आपूर्तिका लागि आन्दोलनरत पक्षसँग कुरा गरी निकास निकालिने कार्यकारी निर्देशक दासले बताउनुभयो । सिन्धुपाल्चोक र काभ्रेका चार वटा सरोकार समितिले एक हप्ता अघि काठमाडौँको पानीपोखरीस्थित मेलम्ची खानेपानी कार्यालयमा तालाबन्दीसमेत गरेका थिए । रासस