भूमिसम्बन्धी ऐन लागु भएको पाँच दशकभन्दा बढी भइसक्दासमेत दाङको भूमिसुधार तथा मालपोत कार्यालयमा मोहीसम्बन्धी मुद्दा पुस्तौँदेखि चल्दै आएका छन् । साबिक गाविसमा भएको जग्गा बिक्री, मोही बाँडफाँट, हकदाबी जस्ता विषयलाई लिएर सुरु भएका यस्ता मुद्दा अहिले दोस्रो र तेस्रो पुस्तासम्म पुगेका छन् ।
यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट निस्केका फोहरलाई पर्यावरणमैत्री रूपमा व्यवस्थापन गर्दै आइएको छ । अस्पतालले फोहरको स्रोतमा नै वर्गीकरण गरी दुई प्रविधि र अन्य विधि प्रयोग गरेर व्यवस्थापन गर्दै आएको छ ।
उपचारपछि निको हुने अन्धोपना निवारण गर्न आँखा स्वास्थ्यसम्बन्धी विश्वस्तरीय ‘डिजिटल’ तालिम सञ्चालनमा ल्याइएको छ ।
कर्णाली कोरिडोरको हुम्लामा पर्ने बोक्चेगौँडादेखि याङ्चुकुना सडकको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । सो सडकमा सेनाले विस्फोट गर्ने, जेसिभीबाट सफा गर्ने, विस्फोटका लागि होल खोप्ने कार्य धमाधम गरिरहेका कारण निर्माण अन्तिम चरणमा पुगेको हो ।
कृषि ज्ञान केन्द्रले खाद्यवस्तु, तरकारी तथा फलफूल उत्पादनमा विषादी प्र्र्र्रयोगको बढ्दो क्रमलाई न्यूनीकरण गर्ने उद्देश्यले किसानलाई एकीकृत शत्रुजीव व्यवस्थापन प्रणाली (आइपिएम) सिकाएको छ ।
पाल्पा निस्दी गाउँपालिकाका युवाले सडक स्तरोन्नति गर्न अनुरोध गरेका छन् । यसका लागि उनीहरूले गाउँपालिकाको कार्यालयमा अगाडि प्रदर्शन एवम् धर्ना दिएका छन् ।
मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । रु ६५ लाख ५७ हजार दुई सय ७७ को लागतमा निर्माण भएको पात्ले खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनामार्फत एक सय २२ घरपरिवारमा बसोबास गर्ने पाँच सय ८९ जनसङ्ख्या लाभान्वित भएका छन् ।
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–९ स्थित आठबिसकोट बचत तथा ऋण सहकारी संस्थामा स्थानीय सरकारले गरेको लगानी डुबेपछि असुल गर्न बारम्बार ताकिता गर्ने गरिएको छ । यो सहकारीमा आठबिसकोट नगरपालिकाले एक करोड ७२ लाख पाँच हजार रुपियाँ कर्जा उपलब्ध गराएको छ ।
मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्रीको सेवासुविधाका लागि निर्माण गरिएको मुस्ताङस्थित बारागुङ मुक्तिक्षेत्र–१ पुराङ रानीपौवाको २१८ वर्ष पुरानो धर्मशालाको स्तरोन्नति सुरु गरिएको छ ।
नवलपुको देवचुलीमा रहेको सिजी धाम मन्दिरको गजुर सफा गर्ने क्रममा लडेर एकजना गम्भीर घाइते भएका छन् ।
बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी आज र भोलि नगरभित्र विद्यालय बिदा दिने निर्णय गरिएको हो ।
ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपालमात्र नभई भारतबाट कोटिहोममा आएका भक्तजनले पोखरास्थित विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गरेकाले आन्तरिक तथा बाह्य पर्यटनको सङ्ख्यामा वृद्धि भएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा विज्ञापन गरेको भन्दै त्यहाँ कार्यरत कर्मचारी आन्दोलित भएका छन् । कर्मचारीले पत्रकार सम्मेलन गरी प्रतिष्ठानका रजिस्ट्रारको पदावधि कम भए पनि निरन्तर विज्ञापन खोलेर आसेपासेलाई जागिर दिन खोजेको आरोप लगाएका छन् ।
कर्णाली प्रदेशका मन्त्रालयको एकीकृत भवन निर्माणका लागि चार अर्ब लागत लाग्ने भएको छ । नयाँ डिजाइन अनुसार तयार गरिएको नयाँ विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार साढे चार अर्ब रकम लाग्ने भएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।