खार्पुनाथ गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । यस आर्थिक वर्षका लागि खार्पुनाथ गाउँपालिकालाई खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
नारायणगढ बुटवल सडक खण्ड अन्तर्गत विनयी त्रिवेणी गाउँपालिकाको दुम्किवासस्थित विनयी खोलामा निर्माणाधीन नयाँ पक्की पुल आउँदो असार १४ गतेबाट सञ्चालन हुने भएको छ ।
काठमाडौँ महानगरपालिकाले फोहाेरलाई स्रोतमा प्रभावकारी वर्गीकरण गर्न नसकिएमा दिगो व्यवस्थापन गर्न नसकिने जनाएको छ ।
तर मनसुन कोशी प्रदेशबाटै पूर्वी एसिया फर्किएको छ । पूर्वी एसिया क्षेत्रमा बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु नेपालको कोशीबाट उता सोहोरिएको मौसमविद् बताउँछन् ।
सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
इरानको विदेश मन्त्रालयले संयुक्त राज्य अमेरिकासँग आणविक वार्ताको नयाँ चरण आइतबारका लागि योजना बनाइरहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता बिहीबार हुने अपेक्षा गरेको बताउनुभएपछि इरानको यस्तो भनाइ आएको हो ।
कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताबाट ताप्लेजुङका चार खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताउनुभएको छ ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट अर्थतन्त्र सुधारको अन्तिम किस्ता नभएको बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा क्लिकमाण्डु डटकमले आयोजना गरेको प्रि मनिटरी पोलिसी डिस्कसन र विशेष प्रकाशन सार्वजनिक गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
तुलसीपुर उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले घोषणा गर्नुभएको हो ।
लिबियाको सुरक्षा एजेन्सीले चार सय ८४ जना अवैध आप्रवासी पक्राउ गरेको छ । पक्राउ हुनेमा ४० भन्दा बढी देशका नागरिक रहेका छन् ।
पश्चिम नेपालका पर्यटकीय क्षेत्रहरूको प्रवर्धन गरी भारतीय पर्यटकको सङ्ख्या बढाउने उद्देश्यका साथ नेपालगन्जमा आयोजना गरिएको वेस्टर्न ट्राभल मार्टको तेस्रो संस्करण सम्पन्न भएको छ ।
काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा सांस्कृतिक सहर पनौतीमा १४२१ वर्षदेखि परम्परागत रूपमा मनाउँदै आइएको हिले जात्रा यस वर्ष पनि सुरु भएको छ । जात्रा जेठ २७ गतेबाट औपचारिक रूपमा सुरु भई २८ गतेसम्म चल्नेछ ।
चारैतिरबाट वनजङ्गलले घेरिएको सुन्दर चितवनको माडी उपत्यका । कृषि र धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको माडीभित्र एउटा सुन्दर गाउँ निर्माणमा जुटेका छन् अयोध्यामार्गका महिलाहरू । माडी नगरपालिका–८ स्थित अयोध्यामार्ग प्रवेश गर्नासाथ जोकोहीको मन प्रफुल्लित हुन्छ ।
यहाँ रातोमाटो र सेतो कमिरोले पोतिएका घर । कतै ढुङ्गाले बान्नो मिलाएर छाएको छानो त कतै सलक्क खरले छाइएका घर । ढुङ्गाकै गारो र काठले टमक्क मिलाइका घरले गाउँको पहिचान दिलाउँथ्यो ।