ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। गाउँपालिकाले मङ्गलबार गाउँसभा तथा १७ औं बजेट अधिवेशन आयोजना गर्दै आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो।
राजविराज नगरपालिकामा तीन दिनदेखि लगाइएको ताला फुटाएर निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्रप्रसाद यादवलाई मङ्गलबार पदभार ग्रहण गराइएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदी अरबको अन्तर्राष्ट्रिय मामिला उपमन्त्री तारिक अल हमदबिच नेपाली श्रमिक लैजाने महत्वपूर्ण विषयमा सहमति भएको छ ।
पाँचौं वीर गणेशमान सिंह १० किमी दौड रोड रेस आगामी असार १४ गते हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्वान पुर्खाका सन्तान नेपाली विद्यार्थीले संसारको जुनसुकै विश्वविद्यालयमा प्रतिस्पर्धा गर्न सक्ने बताउनुभएको छ।
प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ।
काठमाडौँ महानगरपालिकाले प्रयोग गर्ने पानीमा कोलिफर्म भेटिएको छ । आपूर्तिकर्ताले ल्याएको पिउने पानी जाँचका क्रममा अयोग्य भेटिएपछि आपूर्तिकर्तासँगको सम्झौता रद्द गरेको महानगरले जनाएको छ ।
अधिकतम खुद्रा मूल्य (एमआरपी) नराखी जुत्ता चप्पल उत्पादन गरी बजारमा बिक्री वितरण गरेको आरोपमा बाँकेको एक जुत्ता चप्पल कारखानालाई दुई लाख रुपियाँ जरिवाना गरिएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैँकबिच असल सम्बन्ध स्थापित गरी वित्त र मौद्रिक नीतिको समन्वयमार्फत अर्थतन्त्र सुधार गर्नुपर्नेमा जोड दिनुभएको छ ।
राजविराज नगरपालिकाका मङ्गलबार भएको तोडफोडको जिम्मा जनता समाजवादी पार्टीले नलिने भएको छ । निलम्बित नगर प्रमुख भीमराज यादवको नेतृत्वमा भएको अराजक गतिविधिको जिम्मेवारी पार्टीले नलिने जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदारप्रसाद यादवले जानकारी दिनुभयो ।
तनहुँको म्याग्दे गाउँपालिका–७ रानीटारीबाट मङ्गलबार देखिएको व्यास नगरपालिका–५ साँगेफाँटको दृश्य ।
नेपाल स्क्वास र्याकेट्स संघको आयोजनाा १३औँ एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप मङगलबार सुरु भएको छ ।
एएफसी एसियन कप छनोट खेलमा नेपालले आज (मङ्गलबार) लाओससँग प्रतिस्पर्धा गर्दैछ ।
माओवादी केन्द्र पोखरा महानगर कमिटीको तेस्रो सम्मेलनको उद्घाटन सत्रमा नेसपा (नयाँ शक्ति)का केन्द्रीय सचिवालय सदस्य किरण थापा, पोखरा महानगर संयोजक राजु क्षेत्री, केन्द्रीय सदस्य शम्भु खाती लगायतका नेताहरुलाई माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गर्नुभएको हो।
स्कटल्यान्डको डन्डीमा अहिले टस हारेको नेपालले पहिलो ब्याटिङ गर्ने निम्तो पाएको छ । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डसले टस जितर पहिले फिल्डिङ रोज्नुभएको हो ।