पश्चिम नवलपरासीमा गण्डक नहर सिँचाइ परियोजनाको क्षमता विस्तार भएको छ ।
कैलालीको कैलारी गाउँपालिका–६ खरुवाखेरास्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावक आन्दोलित भएका छन्।
गाउँपालिका पहुँच मार्गको सडक स्तरोन्नतिको कामले गति नलिएको भन्दै पाल्पामा स्थानीय युवाले धर्ना दिएका छन् ।
कृषि ज्ञान केन्द्र ताप्लेजुङले उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । विश्व खाद्य स्वच्छता दिवसको अवसरमा साताव्यापी रूपमा आयोजित कार्यक्रमको अवसरमा केन्द्रले ताप्लेजुङका नौ जना उत्कृष्ट कृषकलाई सम्मान गरेको हो ।
बेलायती भूतपूर्व गोर्खा सैनिकले वंशजका आधारमा प्राप्त नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने माग गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न परिपत्र गरेको छ । मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा उपयोग हुने वस्तु अस्पताल फार्मेसीमै व्यवस्था गर्न सरकारी अस्पताल/प्रतिष्ठानहरुलाई परिपत्र गरेको हो ।
पोखरामा एक युवकको शव फेला परेको छ ।
तानसेन नगरपालिका-११ का २० जना दलित महिलाहरूलाइ कृषि ज्ञान केन्द्र पाल्पाको आर्थिक सहयोगमा तानसेन वडा नं ११ ले कृषि तथा सिँचाइका लागि हिलटेक र ग्रिननेट (२ मिटर चौडाई ५० मिटर लम्बाइ भएको जाली ) वितरण गरेको छ ।
जिल्लाको उत्तरी भेग भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा आएको बाढीले नेपाल–चीन सिमानामा रहेको सीमा स्तम्भ बगाएको छ ।
दाङको बङ्गलाचुलीमा रहेको जम्लेपानी गढी किल्लाको मर्मत सम्भार गरिएको छ । बङ्गलाचुली गाउँपालिका–४ मा रहेको ऐतिहासिक जुम्लेपानी गढी किल्लाको सेनाको टोलीले मर्मत सम्भार गरेको हो ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले भूमि क्षयका कारण जनजीविका माथि गम्भीर समस्या खडा भएको बताउनुभएको छ ।
गणतन्त्र दिवसका अवसरमा राससमा ‘पर्वतीय पर्यटन : हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको अवलोकनपछि उहाँले प्रतिनिधिसभा केही दिनदेखि अवरुद्ध भएको बैठक आज २ बजेदेखि सञ्चालन हुने बताउनुभएको हो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुने बताउनुभएको छ ।
सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका–९ मा अवस्थित पवित्र धार्मिकस्थल मनकामना मन्दिरमा हालसम्मकै ठूलो तौलको घण्टी चढाइएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि कृषि क्षेत्रमा चालु भन्दा १९ करोड बढीको बजेट विनियाेजन गरेकाे छ ।