भेरी अस्पताल पश्चिम नेपालको धेरै बिरामी आउने अस्पताल हो । यहाँ धेरै जसो निम्न आयस्तर र मध्यम वर्गीय नागरिकहरु आउने गरेका छन् ।
देशको बसोबास व्यवस्था कस्तो हुनु पर्छ भनेर कसैले सोध्यो भने भन्ने गरिन्छ, योजनाबद्ध, दिगो, उन्नयनमुखी र जीवन उपयोगी हुनु पर्छ । भूगोल एवं प्राकृतिक स्रोत अनुकूलको, सुरक्षित, सुविधायुक्त तथा उत्पादन र रोजगारको प्रबन्धसँग जोडिएको बसोबास तथा औद्योगिक व्यवस्थाले मात्र मानव संसाधन, स्रोत सार्वजनिक खर्चको उत्पादकत्व र प्रभावकारिता बढाउँछ । बस्ती विकास भन्नाले मानिस बसोबास गर्ने विषय मात्र जनाउँदैन ।
जिल्ला निर्वाचन कार्यालय रुकुमपूर्वमा मतदाता नामावलीमा नाम दर्ता गराउनेमा उत्साह कम देखिएको छ । विगतका निर्वाचन हुन गइराखेको समयभन्दा यस पटकको निर्वाचन हुन गइरहेकोमा मतदाता नामावली सङ्कलन गर्नेमा उत्साह कम देखिएको हो ।
जेनजी आन्दोलनको यतिबेर सर्वपक्षीय समीक्षा भइरहेको छ । यसले राजनीतिक, शासकीय, आर्थिक तथा भावनात्मक पक्षमा ल्याएका सुनामीको छाल अझै कहाँसम्म पुग्छ र कति निर्माण वा क्षति गर्छ भन्ने विषय अझै अध्ययनको गर्तमा नै छ ।
इलाका प्रहरी कार्यालय लालबन्दीले चोकी रोक्न समुदायस्तरमा सचेतना जगाउन सुरु गरेको छ । विशेष गरी घनाबस्ती रहेको लालबन्दी र नवलपुर बजार तथा आसपासका बस्तीमा चोरीका घटना बढेपछि प्रहरीले समुदायस्तरमा जनचेतनामूलक कक्षा सञ्चालन गरेको हो ।
४७ वर्ष पहिलाको चोरी मुद्दामा फरार एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । विसं २०३५ साल वैशाख १५ गते साविक पेलाकोट गाउँपञ्चायत –२ हाल गल्याङ नगरपालिका –७ कल्लेरीका दिलबहादुर रानाको घरबाट २१ वर्षको उमेरमा सुनका गहना र रेडियो चोरी प्रकरणमा संलग्न गिरिप्रसाद गुरुङ ६८ वर्षको उमेरमा प्रहरीले पक्राउ गरेको हो ।
अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’ निर्माण हुने भएको छ । सुशील पौडेलको लेखन तथा वसन्त निरौलाको निर्देशनमा तयार हुने उक्त चलचित्रको हालै मुहूर्त गर्दै निर्माण घोषणा गरिएको हो ।
नौ वर्षमा कालोपत्र नभएको मध्यपहाडी लोकमार्गको बागलुङस्थित बिहुँ खण्ड र आन्दोलनरत स्थानीयबिच सहमति भएको । कालोपत्र नभएपछि सडक बन्दको चेतावनीपछि आन्दोलनमा उत्रेका स्थानीय र लोकमार्ग निर्माण व्यवसायीबीच ८ बुँदे सहमति भएको छ ।
ललितपुर महानगरपालिकालाई युनेस्कोले ‘सङ्गीतको सिर्जनात्मक सहर’ का रूपमा घोषणा गरेको छ । महानगरद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले युनेस्कोले अक्टोबर ३१ तारिख, विश्व सहर दिवसका अवसरमा ललितपुर महानगरलाई सङ्गीतको सिर्जनात्मक सहरका रूपमा घोषणा गरेको जानकारी दिँदै महानगरले यसलाई सफल बनाउन योजनाबद्ध कार्यक्रम अगाडि सारेको बताउनुभयो ।
गत असोज ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘जेरी अन टप’ वर्ष २०८२ सालको सर्वाधिक कलेक्सन गर्ने चलचित्र बन्न सफल भएको छ । घरेलु बक्सअफिसमा बुधबारसम्म चलचित्रले ११ करोड ४३ लाखमाथिको कलेक्सन गरेको छ ।
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले तीन अर्ब रुपियाँ बराबरको ऋणपत्र ‘छ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ को निष्कासन गर्ने भएको छ । बैङ्कले एक हजार रुपियाँ अङ्कित दरको ३० लाख कित्ताले हुन आउने सो रकम बराबरको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिहीबार राष्ट्रिय वाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा सो सम्बन्धमा सम्झौता भएको छ ।
भारतबाट आयात गरिएका मालवस्तु जाँचपासका लागि भन्सारमा पेस गरिएको प्रज्ञापनपत्रसँग मेल नखाएपछि विराटनगर भन्सार कार्यालयले भन्सार एजेन्ट प्रतिनिधि भएर कारोबार गर्ने व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
गुल्मीको धार्मिक, ऐतिहासिक तपोभूमी एवम् पर्यटकीय स्थल रेसुङ्गा प्राकृतिक सुन्दरताको संगम बन्दै गएको छ । पश्चिम क्षेत्रकै एक पवित्र स्थलको रुपमा रहेको रेसुङ्गाधाम धार्मिक पर्यटकीय र प्राकृतिक सुन्दरताको संगम बन्दै गएको हो ।
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत भाषा परीक्षा उत्तीर्ण गरे पनि कोरिया पठाउन ढिलाइ गरेको भन्दै विरोध प्रदर्शन भएको छ । भाषा र सिप परीक्षा उत्तीर्ण गरेको दुई वर्ष बित्न लाग्दासमेत दक्षिण कोरिया जान नपाएकाले बिहीबार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत इपिएस कोरिया शाखा घेराउ गरेका हुन् ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ४९ पैसा र बिक्रीदर १४२ रुपियाँ ०९ पैसा निर्धारण गरिएको छ ।