सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि कृषि क्षेत्रमा चालु भन्दा १९ करोड बढीको बजेट विनियाेजन गरेकाे छ ।
युवालाई रोजगारीसँग जोड्ने गरी दीर्घकालीन प्रभावकारी नीतिगत व्यवस्था गर्न ललितपुर महानगरलाई सङ्घीय सांसद र प्रदेशसभा सदस्यले सुझाव दिनुभएको छ ।
सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एकमात्र वैकल्पिक र अत्यन्त महत्त्वपूर्ण सडकमार्गमा रहेको विपी राजमार्गका सडकखण्ड अहिले थिलथिलो अवस्थामा पुगेको छ ।
मेची राजमार्गमा पर्ने हेंवा खोलामा बेलिब्रिज जडानको काम ६० प्रतिशत सम्पन्न भएको छ ।
विपद्सँग लामो समयदेखि जुधिरहेको सिन्धुपाल्चोकमा आगामी मनसुनको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला स्तरदेखि वडा स्तरसम्म पूर्वतयारीका कार्य तीव्र पारिएका छन् ।
खाँदवारी नगरपालिका–९ मा अवस्थित पवित्र धार्मिक स्थल मनकामना धाममा हालसम्मकै ठुलो तौल भएको ऐतिहासिक घण्टी चढाइएको छ।
ताप्लेजुङका स्थानीय तहहरूले अल्लोलाई प्राथमिकता दिन थालेका छन् ।
मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम भएको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको खण्डमा हालसम्म आधा काम सकिएको मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ ।
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा औषधी पसल (फार्मेसी) थप गरिएको छ । यस अघि दुई वटा फार्मेसी सञ्चालन हुँदै आएको थियो । बिरामीको चाप बढेपछि फार्मेसी थप गरिएको अस्पतालले जनाएको छ ।
नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटरमा पूर्वी पृतनापतिको जिम्मेवारी सहायक रथी गौरवकुमार केसीले सम्हाल्नु भएको छ । यस अघि सेनाको प्रवक्ताको जिम्मेवारीमा रहनुभएका सहायक रथी केसीले इटहरीस्थित पूर्वी पृतना हेडक्वाटरमा आयोजित कार्यक्रममा बुझबुझारथ गरी औपचारिक रुपमा जिम्मेवारी सम्हाल्नु भएको हो ।
सुदूरपश्चिमको हिमाली दुर्गम जिल्ला दार्चुलामा गहुँको उत्पादनमा केहि वृद्धि भएको पाइएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३१, माझीकुनामा बेगनासतालमा बेपत्ता एकको शव निकालिएको छ । गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर ३, मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ आइतबार पौडी खेल्ने क्रममा बेपत्ता हुनुभएको थियो ।
लोपोन्मुख विभिन्न जाती, समुदाय लगायत अल्पसङ्ख्यक, सिमान्तकृत, दलित, महिला, मधेशी र मुस्लिमको मानवअधिकारको संरक्षणमा विशेष जोड दिइएको छ ।
दशकौं सुनसान तिनाउको वसन्तपुर डाँडामा केबलकारको माथिल्लो स्टेशन र कामाख्यादेवी मन्दिरसहित पर्यटकीय पूर्वाधार बनेपछि पर्यटक, हिन्दु धर्मावलम्बी र भारतीय पर्यटकको आकर्षण बढेको छ ।
अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा खानेपानीको हाहाकार भएको छ । गाउँपालिकाको वडा नं. १, २ र ३ को श्रीनगरलाई खानेपानी आपूर्ति हुँदै आएको च्याम खोलाको मुहानमा बर्खा लागे पनि पानीको मुहानमा पानी सुक्दै जादा श्रीनगरमा समस्या भएको हो ।