रङ्गेली समाचारदाता
मोरङ, कात्तिक २१ गते । हुलाकी राजमार्ग अन्तर्गत मोरङको कटहरी गाउँपालिकाभित्र पर्ने छ किलोमिटर सडक विस्तारले गति नलिएपछि स्थानीयले बिहीबार ढाट लगाएर सडक अवरोध गरेका छन् ।
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरी र निर्माण सम्झौता गरेको कम्पनीबिच मिलेमतो रहेको आशङ्का गर्दै स्थानीयले बिहीबारदेखि सडक अवरोध गरेका हुन् ।
योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले निर्माण सेवा श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालिलाई अन्तिम सात दिनको म्याद दिएर स्पष्टीकरण सोधिएपछि निर्माण सामग्री झारेको बताउनुभएको थियो । सडक निर्माणमा दबाब दिन भन्दै विभागीय मन्त्रीसम्म स्थानीय सर्वदलीय राजनीतिक संयन्त्रको टोली जाने तयारी गरिरहेका बेला योजना कार्यालयले विश्वस्त बनाए पनि निर्माण कम्पनीले कुनै पनि काम थाल्ने सङ्केत नदेखिएपछि स्थानीय आन्दोलित बनेका हुन् ।
कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बारम्बार आयोजना कार्यालयका प्रमुखले निर्माण कम्पनीलाई जोगाउने शैलीको जवाफ दिएर झुक्याउन खोजेको आरोप लगाउनुभएको छ । ठेकेदार कम्पनीले काम नगर्ने हो भने तत्काल कारबाही गरेर नयाँ प्रव्रिmया थाल्नुपर्ने माग अध्यक्ष चौधरीको छ ।
अध्यक्ष चौधरीले भन्नुभयो, “यही माग लिएर सर्वदलीय संयन्त्र विभागीय मन्त्रीसम्म जाने तयारीमा छौँ ।” जिल्ला प्रशासन कार्यालयलाई समेत यो कुराको जानकारी गराएको तर योजना कार्यालयले भने विद्युत्का पोल र निर्माण सामग्री झारेको जवाफ दिएको उहाँले उल्लेख गर्न्ुभयो । खोज्दा कतै नभेटिएको अध्यक्ष चौधरीको भनाइ छ ।
सडक निर्माण तथा विस्तारमा विद्युत्का पोल सार्नुपर्ने ठेक्कासमेत प्याकेजमा रहेको थियो तर विद्युत्का अहिले भइरहेका पोल सार्ने नभएर नयाँ पोल लगाउनुपर्ने भएपछि ठेक्का व्यवस्थापन गर्नुपर्ने बाध्यता थियो तर बारम्बार ठेकेदारलाई जोगाउन खोजेको देखिएपछि स्थानीयले सडकमै ढाट लगाएर बिहीबारदेखि प्रदर्शन सुरु गरेका हुन् ।
ठेकेदारलाई कारबाही गरेर द्रुत प्रव्रिmयामार्फत सडक निर्माणको नयाँ काम थाल्नुपर्ने माग गरेका छन् । हुलाकी राजमार्ग अन्तर्गत मोरङको ४४ किलोमिटर दुरी पर्दछ । जसमध्ये २०७६ सालमा दुई वर्षभित्र काम सक्ने भन्दै ठेक्का लिएको श्रेष्ठ कन्स्ट्रक्सनले छ किलोमिटरको काम अल्झाउँदै आएको छ । यो क्षेत्र कटहरी गाउँपालिकाको हाटखोलास्थित सिङ्घियाखोलादेखि रामचौकसम्मको भागमा पर्दछ । सडकको धुलोले सवारीयात्रा पार लगाउन मुस्किलपर्ने स्थानीयको भनाइ छ । हुलाकी सडकखण्डको यो प्याकेजसँगै विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका जोड्ने सिङ्घियाखोलाको पुल पनि जीर्ण बनेको छ । योजना कार्यालयका प्रमुख पोखरेलले पुलको अहिले डिजाइन प्रव्रिmयाको काम भइरहेको जानकारी दिनुभयो ।