अर्जुन काफ्ले
स्याङ्जा, कात्तिक २१ गते । आर्थिक वर्ष २०८१/०८२ को स्वास्थ्य मूल्याङ्कनमा अर्जुनचौपारी गाउँपालिका –२ जिल्लामै पहिलो बनेको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले सार्वजनिक गरेको मूल्याङ्कनमा अर्जुनचौपारी स्वास्थ्य चौकी ९०.४ अङ्कसहित पहिलो बनेको हो ।
मूल्याङ्कनमा जिल्लाका ९७ वडामध्ये ८९.८ अङ्कसहित बिरुवा गाउँपालिका –१ को बिरुवा स्वास्थ्य चौकी दोस्रो र भीरकोट नगरपालिका –६ खिलुङ देउराली स्वास्थ्य चौकी ८९.५ अङ्कसहित तेस्रो बनेको कार्यालय प्रमुख जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाईले बताउनुभयो ।
स्वास्थ्य सूचकका अनुसार उत्कृष्ट कार्यसम्पादन गर्ने संस्थाहरूलाई जिल्ला स्तरीय वार्षिक स्वास्थ्य समीक्षामासहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले सम्मान–पत्र प्रदान गर्नु भएको हो ।
समुदायमै पुगेर सेवा विस्तार र गुणस्तर अभिवृद्धिको लक्ष्य तय गरेको जनस्वास्थ्य कार्यालयले हरेक वर्ष विभिन्न सूचकका आधारमा स्थानीय तहको स्वास्थ्य गतिविधि मूल्यांकन गर्दै आएको छ ।