जिल्लामा हुने महोत्सव तथा मेलाले स्थानीय बजारका विभिन्न क्षेत्रमा आर्थिक चहलपहल हुनुका साथै सामाजिक गतिविधिमा सुधार भएको पाइएको छ । दुई महिनायता चितवन र आसपासका क्षेत्रमा एक दर्जनभन्दा बढी मेला, महोत्सव तथा उत्सवमय गतिविधि भएका छन् । अहिले पनि चार वटा मेला एकसाथ लागिरहेका छन् । यस्ता गतिविधिले स्तर अनुसारका आर्थिक क्रियाकलापमा राम्रो प्रभाव पारेको उद्योगी व्यवसायीको भनाइ छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
चितवनको सिमलताल दुर्घटनामा परी झण्डै डेढ वर्षदेखि त्रिशूली नदीमा बेपत्ता रहेको बसको अवशेष निकाल्न मङ्गलबार तेस्रो दिन पनि उत्खनन कार्य जारी रहेको छ ।
गण्डकी र कोशी प्रदेशबिच पर्यटन प्रवर्धनमा आपसी सहकार्य गर्ने समझदारी भएको छ । पर्यटन राजधानी पोखरामा सोमबार आयोजित कार्यक्रममा दुई प्रदेशले पर्यटन विकास, पूर्वाधार निर्माण, पहुँच विस्तार र संस्थागत सहकार्यलाई सुदृढ बनाउने लक्ष्यसहित सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले ‘ग्रामीण अल्ट्रासाउण्ड’ सेवा सुरु गरेको छ । गाउँपालिका प्रमुख यदु ज्ञवालीले रुरुक्षेत्र गाउँपालिका–४, बलेटक्सार स्वास्थ्य चौकीबाट सेवा शुभारम्भ गर्नुभयो ।
भदौ २३ र २४ गते नवपुस्ता (जेनजी) को आन्दोलनपछि गठन भएको अन्तरिम सरकारको कार्यादेश छ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने र मुलुकमा सुशासन कायम गर्नु हो । तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न सरकारले सरोकारवाला निकायसँग निरन्तर संवाद गरिरहेको छ । यसै सन्दर्भमा निर्वाचन सुरक्षा चुनौती, त्यसलाई सामना गर्न गृह मन्त्रालयले गरिरहेको सुरक्षाव्य
नेपाली सिनेमाका प्रभावशाली अभिनेता तथा पश्चिम नवलपरासी, रामग्राम–२ का स्थायी बासिन्दा प्रमोद अग्रहरीले बंगलादेशी चलचित्रबाट आफ्नो अन्तर्राष्ट्रिय डेब्यु गर्नुभएको छ ।
म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानकी २२ वर्षीय सिमा पुनलाई जिल्ला प्रशासन कार्यालय म्याग्दीले आमाको नामबाट पहिलोपटक नागरिकता प्रदान गरेको छ ।
अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम ठप्प भएका छन् । हिउँदयामको मौसममा अत्यधिक चिसो बढेसँगै मुस्ताङका पाँचवटै स्थानीय तहमा कार्यान्वयनमा आइरहेका पूर्वाधार विकास निर्माणका काम ठप्प हुन पुगेका हुन् ।
सडकमा दुर्घटना न्यूनीकरणाका लागि राखिएका ऐनाहरु हराउँदा, तोडफोड हुँदा दुर्घटना जोखिम बढेको पाइएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने गुल्मीको रिडी–तम्घास सडकमा रहेका ऐनाहरु केहि फुटेको र हराएको अवस्थामा हुँदा दुर्घटना जोखिम बढेको हो ।
जाजरकोटका भूकम्पपीडितले पुनर्निर्माणको काममा ढिला सुस्ती भएपछि प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका छन् ।
नियात्रासङ्ग्रह ‘अक्षत अन्टार्कटिका’का लागि सारस्वत रत्न पुरस्कार – २०८१ बाट लेखक जीवा लामिछानेलाई सम्मानित हुनुभएको छ ।
बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षको पुस मसान्तमा २५ प्रतिशत योजना मात्रै सम्झौता गरेको छ । झण्डै पाँच सय योजना रहेको नगरपालिकामा शुक्रबारसम्म जम्मा एक सय २० योजना मात्रै सम्झौता भएका छन् ।
जलविद्युत्, पर्यटन र कृषिको प्रचुर सम्भावना भए पनि यसको उपयोगिता नागरिकसम्म पुग्न नसक्दा लमजुङमा गरिबी न्यूनीकरण हुन नसकेको तथ्याङ्कले देखाएको छ ।