विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट मुक्त गर्न सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिनुभएको छ ।
यहाँस्थित नेपाल–भारत सीमा पारी रहेको रुपैडिहाको नेपालगन्ज रोड नामक रेल स्टेसन र रुपैडिहादेखि बहराइच सम्मको रेल लाइनलाई ब्रडगेज (बडी लाइन) मा स्तरोन्नती र विद्युतिकरण गर्ने कार्य सम्पन्न गरिएको छ ।
प्रतिनिधि सभा निर्वाचनमा निर्वाचन प्रहरी पदका लागि जिल्लामा तीन दिनमा ४ हजार ३८ जनाको आवेदन दर्ता गराएका छन् ।
देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका विभिन्न वडा जोड्ने नेसनल हाइवे (एनएच–७७) आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।
नेपाल एनसिडी एलायन्सको आयोजनामा नसर्ने रोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘साउथ इस्ट एसिया रिजनल कन्फरेन्स अन एनसीडी एण्ड मेन्टल हेल्थ : स्ट्रेन्थेनिङ एकाउन्टविलिटी, पोष्ट युएन एचएलएम–२०२५’ सम्पन्न भएको छ ।
स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । तीन दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो ।
जिल्ला सहकारी सङ्घ धनकुटाका अध्यक्ष खगेन्द्र सुवेदीले धनकुटामा सञ्चालित केही सहकारी सञ्चालकले सहकारीमार्फत रकम ठगी गर्दा विश्वास घट्दै गएकोे बताउनु भएको छ ।
ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड सहरबिच भगिनी सम्बन्ध कायम भएको छ । अमेरिकाको कोलोराडोमा अवस्थित ब्रुमफिल्ड शहरसँग महानगरको भगिनी सम्बन्ध कायम भएको हो ।
अपाङ्गता भएका बालबालिका, भाषिक तथा सांस्कृतिक विविधता भएका विद्यार्थी तथा सामाजिक रूपमा पछाडि पारिएका समुदायका बालबालिकालाई समावेशी शिक्षामा समेट्न सकिने व्यवहारिक उपायबारे सरोकारवाला पक्षबिच इटहरीमा बृहद छलफल गरिएको छ ।
मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–४ नेचुङ्गबाट दुई करोड २४ लाख ५९ हजार ३२० रुपियाँ बराबरको इलेक्ट्रिक चुरोटसहित एक जना पक्राउ परेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एकल सिफारिस भएका उम्मेदवारहरू आ–आफ्ना निर्वाचन क्षेत्रमा प्रचार–प्रसारमा व्यस्त देखिएका छन् ।
हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द गरिएको छ । अत्यधिक जाडोका कारण हिल्सामा रहेको चीनको ताक्लाकोटबाट व्यापारी र अन्य सामग्रीको आयात रोकिएर कारोबार नभएपछि तीन महिनाका लागि भन्सार कार्यालय बन्द गरिएको हो ।
रुकुमपश्चिममा भौगोलिक रुपले ठुलो र दुर्गम मानिएको आठबिसकोटमा राष्ट्रिय वाणिज्य बैंकले सेवा सञ्चालन गरेको छ । बैंकको ३१२ औँ शाखा कार्यालय स्थापना गरेर सोमबारबाटै सेवा सुरु गरेको बैंकले जनाएको छ ।
भारतको हिमाचल प्रदेशस्थित अर्की क्षेत्रमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौ जना नेपालीको ज्यान गएको छ । मृत्यु हुने सबै सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्य रहेको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
बझाङ जिल्लामा अवस्थित तलकोट गाउँपालिका–४ अन्तर्गत पडल्ती गाउँको शिरानी भागमा रहेको तिल्याली लेकाली भेग हो । यो ठाउँ पुग्न कठिन छ तर अत्यन्तै सुन्दर छ । पर्यटकलाई पनि लोभ्याउने ठाउँ हो यो । वरिपरि जङ्गलले