बर्दियाको ठाकुरबाबा नगरपालिकाको हिमालय आधारभूत विद्यालय हाताभित्र रहेको एउटा कोठामा बेड र बिस्तारा मिलाएर राखिएको छ । कक्षाकोठा हेर्दा कुनै पनि होटेलमा सजाइएको कोठाभन्दा कम देखिँदैन । सजाइएको कक्षाकोठामा तीन वटा बिस्तारा र अध्ययन गर्नका लागि टेबुल, कुर्सीसमेत नजिकै राखिएको छ । पिउने पानीदेखि सबै सामग्री व्यवस्थापन गरिएको छ ।
बुटवलमा हरेक वर्ष आयोजना हुने औद्योगिक प्रदर्शनी तथा मेला महोत्सवबाट सुरु भएको सामाजिक पहलले साकार रूप लिँदा सामुदायिक मुटु तथा डायलासिस सेवा केन्द्र बनेको छ । २०४५ सालमा रुपन्देही उद्योग सङ्घले औद्योगिक प्रदर्शनी आयोजना गरेको थियो । स्थानीय उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले सुरु गरिएको प्रदर्शनीबाट १५ वर्षअघि सङ्घले प्रवेश शुल्कको केही अंश सामाजिक क्षेत्रमा लगानी गर्ने निर्णय ग¥यो । दर्शक प्रवेश शुल्कबाट प्रतिटिकट तीन रुपियाँ छुट्याएर मुटुरोग उपचारका लागि अस्पताल स्थापना गर्ने निर्णय गरिएको थियो ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मङ्गलगढी चोकमा कर्णालीकै पहिलो आकासे पुल निर्माण सुरु गरिएको छ । यात्रुको सहजता र सडक दुर्घटना न्यूनीकरण गर्न आकासे पुल निर्माण गर्न लागिएको हो ।
कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा यस वर्ष पुस सकिन लाग्दासमेत हिमपात भएको छैन । जुम्लाको पातारासी गाउँपालिकामा पर्ने पातारासी हिमाल र गुठीचौर गाउँपालिकामा पर्ने कान्जिरोवा हिमालमा पुसको अन्तिमसम्म पनि हिउँ नपरेपछि विगतमा सेताम्मे देखिने हिमाल अहिले कालापत्थरमा परिणत भएका छन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित सेती नदीको बगरमा रहस्यमय ढङ्गले मृत फेला परेका तीन जनामध्ये दुई जनाको पहिचान खुलेको छ ।
कञ्चनपुरको ब्रम्हदेवदेखी दार्चुलाको तिङ्कर नाकालाई जोड्ने सडकका रूपमा रहेको महाकाली कोरिडोर अन्तर्गत विभिन्न नदी र खोलामा निर्माण हुने चालिस मोटरेबल पुलमध्ये चालु आर्थिक वर्ष २०८२/८३ मा दुई वटा पुल मात्रै निर्माण हुने भएका छन् ।
अर्जुनचौपारी गाउँपालिकामा जबरजस्ती करणी आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कुनै पनि राष्ट्रको उद्भव र विकासमा ऐतिहासिक योगदान दिने महान् व्यक्तित्व सधैँ गौरवको शिखरमा रहन्छन् । नेपालमा पृथ्वीनारायण शाह (विसं १७७९–१८३१) को योगदान सदैव त्यो स्थानमा छ; रहिरहने छ ।
निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले निर्वाचन आयोगको यही २०८२ पुस १२ गतेको निर्णय अनुसार स्वीकृत निर्वाचन आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भएको छ । निर्वाचन आचारसंहिताको दफा १७ मा निर्वाचनको मौन अवधिमा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ ।
। पश्चिम म्याग्दीको मालिका गाउँपालिका र धवलागिरी गाउँपालिकाको सिमानामा पर्ने खोलामा मोटरेबल पुल निर्माण गरिदिनु पर्ने माग गर्दै दरवाङ–म्याग्दीखोला जलविद्युत आयोजना बिहीबारदेखिको अवरोध सोमबारसम्म पनि कायमै रहेको छ ।
बढ्दो आधुनिकतासँगै सर्वसाधारणको जीवनशैली र सामाजिक व्यवहारमा रेडिमेड उपभोग्य सामग्रीको बढ्दो प्रयोगले स्वाभाविक मानवीय गुणहरूमाथि पनि हस्तक्षेप सुरु गरिसकेको छ । जमिन, ज
१२० वर्ष अघिको गोर्खापत्र
थारू समुदायको नयाँ वर्ष माघी (माघ) पर्वको अवसर पारेर कैलालीमा नगरस्तरीय थारू माघ महोत्सव आयोजना हुने भएको छ । मौलिक संस्कृति, संस्कार प्रवर्धन गर्ने उद्देश्यले गोदावरी नगरपालिका–८, मजगाउँस्थित थारू सङ्ग्रहालयमा थारू माघ महोत्सव आयोजना हुने भएको हो । बरघर भलमनसा गोदावरी नगर समिति, मजगाउँ थारू सामुदायिक होमस्टे र न्यु खुटिया चारपाते युवा क्लबको संयुक्त आयोजनामा माघ १२ देखि १४ गतेसम्म महोत्सव हुने छ ।
तामाङ भाषालाई गुगल अनुवादमा लैजाने तयारीसहित समुदायस्तरमा सुझाव सङ्कलन कार्य सुरु भएको छ । तामाङ राष्ट्रिय पुस्तकालयका अध्यक्ष भाषाविद् अमृत योन्जन तामाङले नेपालमा बसोबास गर्ने करिब १४ लाख आदिवासी तामाङ समुदायले बोल्ने तामाङ भाषालाई गुगल अनुवाद सेवामा समावेश गर्ने लक्ष्यसहित थप काम भइरहेको जानकारी दिनुभएको छ ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ९५ पैसा र बिक्रीदर १४४ रुपियाँ ५५ पैसा तोकिएको छ ।