प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् ।
विदेशमा परामर्श दिएर नेपालीले गर्ने आम्दानी बढ्न थालेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना अर्थात् मङ्सिरसम्म नेपालीले आकर्षक आम्दानी भित्र्याएका छन् ।
स्थानीय बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला दुई लाख ७० हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा चार हजार एक सय रुपियाँले बढेर दुई लाख ७४ हजार सात सय रुपियाँमा कारोबार भएको छ ।
सरकारले सुपारी, केराउ र मरीचको आयात खुला गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार राजपत्रमा सूचना निकालेर उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि मात्र कच्चा पदार्थका रूपमा केराउ, सुपारी, सेतो र कालो मरीच आयातका लागि अनुमति खुला गरेको हो ।
मेन्छियाम हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासनसम्बन्धी कार्य गर्न एनआइसी एसिया क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । मेन्छियाम हाइड्रोपावर एक सय रुपियाँ अङ्कित दरका ५४ लाख २५ हजार ८३३ कित्ता सेयरले हुन आउने रकम ५४ करोड २५ लाख ८३ हजार तीन सय रुपियाँको १:१ बराबर हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटमा वार्षिक एक लाख बढीको हाराहरीमा पर्यटक आए तर त्यहीँ नजिकै रहेको कपिलवस्तु सङ्ग्रहालयमा न्यून मात्रामा गएको देखिएको छ । गत आर्थिक वर्षमा तिलौराकोटमा स्वदेशी तथा विदेशी गरी एक लाख सात हजार ९५८ पर्यटकले भ्रमण गरेको तथ्याङ्क छ तर त्यसको २० प्रतिशत पनि नजिकै रहेको कपिलवस्तु सङ्ग्रहालयमा गएको देखिएन ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–२, मदुईका उदयराम पुनले कालिजपालनबाट राम्रो आम्दानी गर्नुभएको छ । उहाँले वार्षिक ३० लाख रुपियाँभन्दा बढीको कारोबार गरेर गाउँमै बसेर पनि विदेशभन्दा धेरै पैसा कमाउन सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ ।
कालिका पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा नौ करोडभन्दा धेरै नाफा गरेको छ । आव २०८०/८१ मा आठ करोड ४९ लाख आठ हजार ५८९ रुपियाँ नाफा गरेको कम्पनीले गत आव २०८१/८२ मा नौ करोड ८४ लाख २२ हजार ३५९ रुपियाँ नाफा गरेको गरेको हो । अघिल्लो वर्षभन्दा गत आवमा एक करोड ३५ लाख १३ हजार ७७० रुपियाँ नाफा गरेको सोमबार भरतपुरमा आयोजना गरिएको कार्यक्रममा जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्माले सरकारले नसर्ने रोगको रोकथाममा प्राथमिकता दिएको बताउनुभएको छ । नेपाल एनसिडी एलायन्सले आयोजना गरेको ‘नसर्ने रोग र मानसिक स्वास्थ्यसम्बन्धी’ अन्तर्राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले हाल सरकारको खर्चको सबैभन्दा ठुलो हिस्सा नसर्ने रोगको उपचारमा हुँदै आएको बताउनुभयो । क्यान्सर, मिर्गौला र मुटु जस्ता रोगको उपचारमा वार्षिक अर्बौं रुपियाँ खर्च गरिएको स्मरण गर्दै उहाँले यी रोगका लागि रोकथाममा भने कम प्राथमिकता रहेको बताउनुभयो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मङ्गलबार बस्ने भएको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार समसामयिक राजनीतिक विषयमा परामर्श गर्न बैठक बस्ने भएको हो । बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको परिणाम एमालेको पक्षमा आउने दावी गर्नुभएको छ ।
डिभिजन वन कार्यालय धनगढीले कैलालीको चुरे क्षेत्रबाट ५३१.४५ क्युफिट चिरान गरिएको सालको काठ बरामद गरेको जनाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा सुशासन, पारदर्शिता र भ्रष्ट्राचार नियन्त्रणका साथै समुनत नेपाल निर्माणका लागि डिजिटल रुपान्तरण अनिवार्य भएको बताउनुभएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि २०८२ पुस २९ गते मंगलबार बस्ने भएको छ । बैठक बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा आयोजना हुने पार्टीले जनाएको छ ।