• २९ पुस २०८२, मङ्गलबार

भूकम्पपीडितद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापान पत्र

blog

पुनर्निर्माणका काम तत्काल सुरु गर्न माग राख्दै प्रमुख जिल्ल्ला अधिकारी राजुप्रसाद पौडेललाई ज्ञापन पत्र बुझाउँदै भूकम्पपीडित । तस्बिर : वासुदेव शर्मा

वासुदेव शर्मा
जाजरकोट, पुस २९ गते ।
जाजरकोटका भूकम्पपीडितले पुनर्निर्माणको काममा ढिला सुस्ती भएपछि प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका छन् । घरवारविहीन जनताले सरकारलाई तत्काल पुनर्निर्माणको काम अघि बढाउन प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल मार्फत सरकारसमक्ष ज्ञापन पत्र बुझाएका हुन् ।

सरकारले क्षतिग्रस्त आवास पुनर्निर्माणका लागि सम्झौता गरेको रकम, जोखिम घर भत्काएर नयाँ बनाइएका घरको सरकारले तोके अनुसार रकम निकासा दिनुपर्ने, विस्तृत क्षतिको मूल्याङ्कन प्रतिवेदनमा समावेश नगरेका जनताका गुनासा तत्काल सम्बोधन गरी प्रतिवेदन सुधार, कार्यसम्पन्न भएका प्रतिवेन आउन बाँकी सबैको विवरण छिटो ल्याउनुपर्ने, विस्तृत क्षतिको विवरण आँकलन गर्न बाँकी (डिडिए) को कार्य सम्पन्न गरियोसका माग गरेका छन् ।

वि.सं. २०८० कात्तिक १७ गते मध्यरात बारेकोट गाउँपालिका–१ रामिडाडाँ केन्द्र विन्दु भइ गएको भूकम्पले धनजनको क्षति बेहोरेका जनताको माग पूरा नगरी बेवास्था गरे चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।

भूकम्पको दुई वर्षसम्म जनताको मौलिक अधिकारको बेवास्था गरी भूकम्पपीडितका गुनासो सुनुवाइ नगरेका कारण सात दिनभित्र माग सम्बोधन तथा पुनर्निर्माणसम्बन्धी काम अघि नबढाएपछि आगामी माघ ५ गतेदेखि आन्दोलनका कार्यव्रmम गर्ने चेतवानी दिएका छन् ।

सरोकारवाला निकायले माग सम्बोधनमा बेवास्था गरे धर्ना, नाराबाजी, प्लेकार्ड, सरकारी कार्यालय घेराउ, प्रदर्शन, सवारी साधन बन्द, कालो झण्डासहित दवावमुलक आन्दोलन गर्ने ज्ञापा पत्रमा उल्लेख गरिएको छ । प्रमुख जिल्ल्ला अधिकारी राजुप्रसाद पौडेलले भूकम्पपीडितका माग सम्बोधनका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।