• २९ पुस २०८२, मङ्गलबार

जीवा लामिछाने सम्मानित

blog

लेखक जीवा लामिछानेलाई संयुक्त रुपमा सम्मान गर्नुहुँदै प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे र रत्ननगर नगरपालिकाका उपप्रमुख यादव पाठक । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली
नारायणगढ, पुस २९ गते ।
नियात्रासङ्ग्रह ‘अक्षत अन्टार्कटिका’का लागि सारस्वत रत्न पुरस्कार – २०८१ बाट लेखक जीवा लामिछानेलाई सम्मानित हुनुभएको  छ । रत्ननगर वाङ्गमय प्रतिष्ठानले आफ्नो दोस्रो स्थापना दिवसका अवसरमा लेखक लामिछानेलाई सो सम्मान गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे र रत्ननगर नगरपालिकाका उपप्रमुख यादव पाठकले संयुक्त रुपमा लामिछानेलाई सो सम्मान गर्नुभएको हो ।  सम्मानको राशी ३० हजार रुपियाँ नगद, प्रशंसा पत्र र दोसल्ला रहेको छ ।

सो अवसरमा  १४२औँ लेखनाथ जयन्तीको सन्दर्भमा काव्यिक विवेचनासँगसँगै कृति विमोचन पनि गरिएको थियो ।

कार्यक्रममा बोल्दै लेखक लामिछानेले कविशिरोमणि लेखनाथ पौड्यालको कृतिमा   ‘व्यङ्ग्य, विद्रोह, चिन्ता र दर्शन’ पाइने बताउनुभयो ।

प्रतिष्ठानले आफूलाई सम्मानित गरेकोमा उहाँले  आभार पनि  प्रकट गर्नुभयो । उहाँले सम्मानित भएको राशीमा दुई लाख थप गरी वाल्मीकि साहित्य सदनको अक्षयकोषमा जम्मा गर्ने घोषणा पनि गर्नुभयो ।

यस्तै, उहाँले चितवन साहित्य परिषद्का लागि पनि आफ्नी आमाको नामबाट ५० हजार रुपियाँको अक्षयकोष घोषणा गर्नुभयो । सो रकमबाट महिला लेखकलाई सम्मान गर्ने पनि उहाँले जनाउनुभयो ।