वैदेशिक रोजगारीमा वार्षिक एक सय जनाभन्दा कम श्रमिक पठाउने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी खारेजीमा पर्नबाट जोगिएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को निर्णयबाट वैदेशिक रोजगार नियमावली (पाँचौ संशोधन), २०७६ मा भएको यससम्बन्धी व्यवस्था तत्कालका लागि हटाइएपछि म्यानपावर कम्पनी खारेजी हुनबाट जोगिएका हुन् ।
पाहुना टोली न्युजिल्यान्डले आयरल्यान्डविरुद्धको टी-२० सिरिज एक खेल अगावै जितेको छ । बेलफास्टमा बुधबार राति भएको खेलमा न्युजिल्यान्डले घरेलु टोली आयरल्यान्डलाई ८८ रनले हरायो । यससँगै न्युजिल्यान्डले तीन खेलको सिरिज २-० ले जितेको छ ।
सर्लाही सदरमुकाम मलङ्गवामा सडक विस्तारको काम पुनः रोकिएको छ । मलङ्गवामा जिविस चोकदेखि बजार क्षेत्र हुँदै पूर्व–पश्चिम हुलाकी राजमार्गसम्मको एक किलोमिटर सात सय मिटर सडक विस्तारको काम ठप्प भएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको आर्थिक अवस्था श्रीलङ्काको बाटोमा जाँदै छ भनेर दुष्प्रचार गर्ने समूह नियोजित रूपमा लागेको बताउनुभएको छ । रोटरी क्लब अफ इटहरीको २६औँ पदस्थापन कार्यक्रममा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले नेपालले श्रीलङ्काजस्तो जथाभावी वैदेशिक ऋण नलिएकोसमेत स्पष्ट पार्नुभयो । हाम्रो देशको आर्थिक अवस्था सुदृढ गर्न पर्याप्त विद्युत् उत्पादन गरेर भारतलगायतका देशलाई बेच्न सके मुलुकको आर्थिक समृद्धि हुने उहाँले बताउनुभयो । मन्त्री कार्कीले भारत र बङ्गलादेशमा बिजुली बेचेरै महिनामा अर्बौं कमाउन नेपाललाई गाह्रो नहुने बताउनुभयो ।
‘प्रारम्भ’ मानसाग्निका हाइकुहरू दार्शनिक हुन् । उहाँका लघुकविता बाह्य जगत् र अन्तरजगत्बीचको साक्षी हो । जापान देशको लोकसाहित्य या भनौँ पहिचान बोकेको लघुकविता हाइकु जसको नेपालीमा अर्थ प्रारम्भ हुन्छ ।
मुटुको शल्यक्रिया गर्दा आवश्यक पर्ने अक्सिजेनेटरको अभावमा बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया नै बन्द भएको छ । यो समस्या अन्य अस्पतालमा पनि आउने सम्भावना छ तर यो अन्तर्राष्ट्रिय समस्या नै रहेको छ । रुस र युक्रेन युद्धका कारण कच्चा पदार्थको आपूर्ति कम भएका कारण अक्सिजेनेटरलगायतका स्वास्थ्य सामग्री अभाव हुन थालेको हो ।
नवलपरासी सदरमुकाम परासीको चर्को घाममा शिक्षक परमेश्वर धरिकार साइकल पछाडि झोलामा कागजपत्र बोकेर पसिना पुछ्दै दिनहुँ ओहोरदोहोर गरिरहनुहुन्छ । नवलपरासीकै एक प्राथमिक विद्यालयमा शिक्षकका रूपमा कार्यरत धरिकारलाई भेट्नेहरू अनौठो मान्छन् । विद्यालय समयबाहेक बिहान, बेलुका र बिदाको दिनमा उहाँको बास परासी बजारमै हुने गरेको छ । परासी बजारमा उहाँ शिक्षण पेसा वा ट्युसन पढाउनका लागि होइन, सूचनाको अधिकार (आरटीआई) पाउनका लागि यसरी दिनहुँ कुदिरहनुभएको हो ।
गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले स्थानीय तहमा स्थायी नियुक्तिका लागि सम्बन्धित प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई नआएसम्मका लागि करार सेवामा कार्यरत अनुभवी कर्मचारी नहटाउन सबै स्थानीय तहको ध्यानाकर्षण गराएको छ । महासङ्घले बुधबार अनुरोधपत्र जारी गरी अनुभवी र दक्ष कर्मचारी हटाउँदा सम्बन्धित गाउँपालिकाको कार्यसम्पादनमा समेत आँच आउने जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घको आसन्न महासभामा नेपालले उच्च नेतृत्वसाथ सहभागिता जनाउने भएको छ । राष्ट्रसङ्घको महासभा आगामी भदौ २८ (१३ सेप्टेम्बर) देखि अमेरिकाको न्युयोर्कमा सुरु हुँदै छ ।
आयातमा कडाइ गरिएसँगै भन्सार राजस्व सङ्कलन प्रभावित भएको छ । आयात उच्च दरमा वृद्धिसँगै व्यापार घाटा बढेपछि नेपाल राष्ट्र बैङ्कले केही वस्तुको प्रतीतपत्र खोल्दा राख्नुपर्ने मार्जिन बढाएको थियो । यसैगरी गत वैशाख दोस्रो सातादेखि
परम्परागत निर्यातका वस्तुबाहेक पछिल्लो समय नेपालबाट नयाँ वस्तु तथा सेवाको निर्यात सुरु भएको छ । भारतमा पहिलो पटक विद्युत् निर्यात गरेको नेपालले हालैमात्र सिमेन्ट निर्यात सुरु गरेको थियो । सिमेन्ट निर्यात सुरु भएको दुई हप्ता नबित्दै नेपालले पहिलो पटक भारतका लागि फलामे छड पनि निर्यात गरेको छ ।
जुम्लाका दुईवटा विद्यालयमा सुविधायुक्त शौचालय निर्माण गरिएको छ । सिन्जा गाउँपालिका–४, जुम्लाको शारदा आधारभूत विद्यालय र कनकासुन्दरी–३ मा सञ्चालित नवदुर्गा आधारभूत विद्यालयमा सुविधायुक्त शौचालय निर्माण गरिएको हो ।
भरतपुरका दुई ठूला अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रदान गरिने उपचार बन्द गरेका छन् । स्वास्थ्य बीमाबाट सरकारले उपलब्ध गराउनुपर्ने रकम नदिएका कारण बीमा सेवा बन्द गर्नुपरेको अस्पतालले सूचना प्रकाशित गरेर जानकारी गराएको छ ।
लहानस्थित सिङग्राहीमा नवनिर्मित बसपार्क बसरहित हुन्छ । बसलगायत अन्य सवारीसाधन रोकिँदा यात्रुहरूको भीडभाडले लहानको मुख्य चोक दुर्गन्धित बनेको स्थानीयले बताएका छन् । मुख्य चोकमा रहेका बस काउन्टरमा बस चढ्न आउने र बसबाट ओर्लिने यात्रुलाई दिसापिसाब गर्न निकै अप्ठयारो हुने गरेको छ ।
झापामा बोरो तथा चैते धानको उत्पादकत्व बढेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धानबालीको सुपरजोन कार्यक्रममार्फत धान खेती विस्तार कार्यक्रम प्रभावकारी बन्दै गएपछि उत्पादकत्व बढेको बताइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण प