मनौवैज्ञानिक दृष्टिकोणबाट अझै बढी चाखलाग्दो र परिज्ञान प्राप्त गर्न फिजिओनोमिस्ट (अनुहार पढ्ने)ले नाकको आकार अध्ययन गरी मानिसको स्वभाव र व्यक्तित्व बुझ्ने प्रयास गरिरहेका छन् । फिजिओनोमिस्ट व्यक्तिको नाकको आकार प्रकारले उसको व्यक्तित्व बयान गर्ने दाबी मात्र गरेका छैनन् स्वास्थ्य र आयुको निश्चित अवधि कसरी बित्ने छ भन्ने पनि विश्लेषण गरेका छन् । वास्तवमा अनुहारको अध्ययन गर्ने कला आज विकसित भएको होइन, तीन हजार वर्ष पहिले नै मानिसले अनुहारको अध्ययन गर्दथे। फिजिओनोमिस्ट जान हानरका अनुसार अनुहारको अध्ययन गर्दा खुला किताबसरह मानिसको व्यक्तित्वका विशेषता पढ्न सकिन्छ। आऔँ हेरौँ तपाईंको नाकको आकारले तपाईंको व्यक्तित्वका बारेमा के भन्छ :
होचो कद, सानो र पातलो शरीर झट्ट हेर्दा उहाँलाई कसैले पनि हिमाल आरोही भनेर विश्वास नै गर्दैनन् । धेरै ठाउँमा उहाँले फोटो देखाएपछि मात्र मान्छेहरू अचम्म मान्छन् । यति सानो मान्छेले पनि सगरमाथा चढ्न सक्छन ? पत्यार नै मान्दैनन् । मुना मासिकसँग कुराकानीको क्रममा सफल हिमाल आरोही पूर्णिमा श्रेष्ठले भन्नुभयो, “हट्टाकट्टा देखिने बलियो खाइलाग्दो शरीर हुनेले मात्र सगरमाथा चढ्न सक्छन् भन्ने मान्छेहरूको बुझाइ हुने रहेछ तर होइन । हिमाल चढ्न होस् या कुनै पनि काम गर्न शारीरिक बनावटले होइन, बलियो आत्मविश्वास र इच्छाशक्तिले मात्र सफल हुन सकिन्छ भन्ने कुराको पूर्णिमा श्रेष्ठ उदाहरण नै हुनुहुन्छ । आफूभित्र केही गर्छु भन्ने आत्मविश्वास भए संसारमा कुनै पनि कुरा असम्भव हुँदैन ।” आठ हजार मिटर उचाइका आधा दर्जन हिमालको सफल आरोहण गरिसक्नुभएकी सगरमाथा आरोही पूर्णिमासँग धेरै सफल अनुभव छन् ।
तिमीलाई खोज्दैखोज्दै एक दिन आउनेछ– सिरसिर्रे र साथमा ल्याउनेछ– गाउँको सम्झना गाउँमा तिम्री आमा डोकोमा जूनताराको भारी बोकेर
सत्यको अर्गानिक इतिहास यतिखेर भ्रमहरूको दुकानबाट एकाएक लिलाम भएको छ र, मृत्यु क्याप्सुल सेवन गरेर.. खरानी भएको छ
झन्डा शब्दको अर्थ नेपाली बृहत् शब्दकोशमा डन्डाको टुप्पामा जोडिने र खास गरी भवन, मन्दिर आदिमा फहराइने, कुनै देश, संस्था, दल आदिको विशेष प्रतीक वा चिह्न अङ्कित कपडाको विभिन्न आकार र रङको टुक्रा, त्यस्तै आकारमा बनेको कागत, धातु आदिको टुक्रो, परिचायक चिह्न, ध्वजा, पताका, भनेर उल्लेख गरिएको छ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरमा सम्पत्ति विवरण बुझाउनुभएको छ । विराटनगरका जमिन्दार परिवारको रुपमा चिनिनुभएका कोइरालाको नाममा महानगर क्षेत्रभित्र ८५ कठ्ठा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ ।
नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा अतिथिहरूका लागि स्यार्बो, थार र सेन नाच निकै चर्चित छ। लिमीको परम्परागत उक्त नाच पाहुनाको स्वागत सत्कार गर्न अनिवार्य रूपमा नाच्ने चलन हो। लिमीका बासिन्दा कुन्चोक तामाङले लिमीका तीनवटै गाउँ जाङ, हल्जी र तीलमा गाउँदै नाचिने स्यार्बो, थार र सेन नाच अहिलेको समयमा पनि स्थानीयवासीले उत्तिकै संरक्षण गरेर राखेको बताउनुभयो।
गायक जगदीश समालको ‘सरसर माया’ बोलको गीत सार्वजनिक भएको छ। डीपी खनालको शब्द, शङ्कर स्माइलको सङ्गीत र उदयराज पौडेलको एरेन्ज रहेको गीतमा नाजिर हुसेन र रुविना थापा देखिनुभएको छ।
नेपाल प्रहरीको फरेन्सिक ल्याबले बजेट तर्जुमामा अनधिकृत व्यक्ति प्रवेशबारे छानबिन गरिरहेको संसदीय समितिलाई अर्थ मन्त्रालयको सीसीटीभी फुजेटसम्बन्धी प्रतिवेदन बुझाएको छ। अर्थ मन्त्रालयले बजेट तर्जुमाको दिनको फुटेज डिलिट भइसकेको भन्दै समितिलाई रेकर्डिङ सिष्टम नै बुझाएको थियो। उक्त डिभाइस रिकभरका लागि समितिले साउन ४ गते ल्याबमा पठाएको थियो। समिति सचिव सुरेन्द्र अर्यालले उक्त प्रतिवेदन प्राप्त भएको बताउनुभयो। सिलबन्दी रूपमा प्राप्त प्रतिवेदन मङ्गलबार बिहान बस्ने समिति बैठकमा खोलिनेछ। राजनीतिक नेतृत्व र कर्मचारीको बयानमा कुनै ठोस तथ्य फेला नपारेको समितिले फुटेजको निष्कर्षमा आधारित भएर थप अनुसन्धान बढाउने तयारीमा छ।
सरकारले सवारीसाधन आयातमा लगाएको प्रतिबन्ध नहटाएपछि सवारी साधनको कुम्भ मेला ‘नाडा अटो सो–२०२२’ स्थगित भएको छ । सरकारले साउन १ गतेदेखि सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटाउने आश्वासनअनुसार अटो प्रदर्शनीको तयारी थाले पनि प्रतिबन्ध लम्बिएपछि अटो प्रदर्शन स्थगित गरिएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष धु्रव थापाले बताउनुभयो ।
दाङमा एक वर्षको अवधिमा घरेलु तथा साना उद्योगमा साढे तीन अर्ब लगानी थपिएको छ । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा तीन अर्ब ५२ करोड ९३ लाख लगानी थपिएको हो । यो घरेलु तथा साना उद्योग कार्यालय दाङमा एक वर्षको अवधिमा दर्ता भएका घरेलु तथा साना उद्योगको लगानी हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घले मौद्रिक नीतिले आठ महिनादेखि बजारमा देखिएको तरलता अवस्थामा थप दबाब सिर्जना गर्ने देखिएको बताएको छ । नेपाल राष्ट्र बैङ्कले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले गत वर्षभन्दा करिब ७ प्रतिशत बिन्दुले कम कर्जा प्रवाह हुने प्रक्षेपण गरेको बजारबाट तरलता प्रशोचन गर्ने र उपभोग न्यूनीकरण गरी कर्जाको ब्याजदर बढाउने नीति लिएको महासङ्घको धारणा छ ।
ताँजाकोट गाउँपालिकास्थित कर्पुखोला लघुु जलविद्युुत्बाट ११२ किलोवाट क्षमताको विद्युत् उत्पादन भएको छ । निर्माणका लागि सम्झौता भएर छोटो समयममै काम सम्पन्न हुँदा उपभोक्ताले विद्युत् उपभोग गर्न पाएका छन् ।