• ३ साउन २०८१, बिहिबार

‘सरसर माया’ सार्वजनिक

blog

काठमाडौँ, साउन १० गते । गायक जगदीश समालको ‘सरसर माया’ बोलको गीत सार्वजनिक भएको छ। डीपी खनालको शब्द, शङ्कर स्माइलको सङ्गीत र उदयराज पौडेलको एरेन्ज रहेको गीतमा नाजिर हुसेन र रुविना थापा देखिनुभएको छ।

प्रेमिल शैलीको गीतमा कलाकार रोजिना धिमालले पनि अभिनय गर्न‘भएको छ। सुप्रिम पराजुलीको सम्पादन र राजीव समरको कोरियोग्राफी रहेको छ। हर्क राई र मधु राईको प्रस्तुति रहेको गीतमा शान थापाको निर्देशन छ।