नेकपा (एमाले) का सांसद कृष्णप्रसाद दाहालले बेलायतमा रहेका नेपाली गोर्खा सैनिकहरुलाई नेपाली नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्ने बताउनुभएको छ ।
विराटनगर –१४ बाट बिहीबार राती १०ः३० बजे नियन्त्रणमा लिइएको आठ ट्रक सुपारी नेपालको उत्पादन हो वा बाहिरको भन्ने यकिन गरेर मात्रै छोडिने भएको छ । नेपालबाट निकासी प्रक्रिया सकेर इण्डियन कस्टमले समेत पैठारी स्वीकृत दिएको सुपारी रि–रुट गर्ने क्रममा मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको बताइएको छ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन् । फुङ्लिङ नगरपालिका –१० फुरुम्बुमा ना ७ त १११५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक सोही ठाउँका सोनाम राई घाइते भएका हुन् ।
लामो प्रतिक्षापछि बाँकेमा वर्षा शुरु भएपछि यहाँका अधिकांश किसानलाई अहिले रोपाइँ गर्न भ्याइनभ्याई छ । समयमा वर्षा नहुँदा केही किसानले रोपेको धान पानी अभावका कारण सुक्ने अवस्थामा पुगेको थियो । अधिकांशको व्याड समेत सुक्न लागि सकेकैबेला बुधवार विहानदेखि परेको वर्षाले किसानलाई राहत भएको छ ।
सरकारले पशे गरेको ‘‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’’ छलफलमा छ । आजै विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
नेपालका धेरैजसो प्रधानमन्त्री र मन्त्रीका निर्णयमा श्रीमती हाबी हुने गरेको आरोप लाग्दै आएको छ । तर, प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) की पत्नी सुशीला एक अपवाद हुनुहुन्छ, जसले जीवनकालमा आफ्नै परिवारबाट जेठाजु मातृका, श्रीमान् बीपी र देवर गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको हेर्न पाउनुभयो ।
नेपाल प्रेस युनियनको नवौं महाधिवेशन बाग्मती प्रदेशको हेटौंडामा आजबाट सुरु भएको छ ।
साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिपमा सहभागी जनाउने नेपाली युवा टोलीलाई शुक्रबार बिदाई गरिएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत नेपाली टोलीको बिदाई गरिएको हो ।
जनकपुरधाम उपमहानगरपालिकालाई व्यवस्थित बनाउन तीन दिनभित्र फुटपाथ खाली गर्न अनुरोध गर्दै जनप्रतिनिधिसहितको टोली सडकमा निस्केका छन् ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विषयगत समितिमा सदस्य तोकिनुभएको छ । मन्त्रालयको नीतिगत छलफल हुने सो समितिमा उहाँ देशभरका ७५३ स्थानीय तहका तर्फबाट सदस्य तोकिनुभएको बताइएको छ ।
बन्ने ज्ञानी छिनछिन यहाँ खोजका वात गर्दैबोल्ने भाषा असल हितका लोभहिंसा लघार्दै को होला त्यो ? पद जगतमा भन्छ अध्यापकै त्यो बूढो माझी तटतिर बसी तार्छ डुङ्गा सधैँ जो । १उल्ले आफ्नो अनुभव कला सार्न सक्दा त रम्ने गल्ती गर्दा अमुक जनमा ज्ञानका बात छर्ने बस्ने–रम्ने हरबखत नै छात्रछात्रा पढाई शिक्षा बाँड्ने बुझ मनुज हो बाँच्छ बाधा हटाई । २चुम्ने माटो सहज छरितो बोट नौलो लगाई पुज्नेरम्ने हरतरहले देश आफ्नो सजाई इन्द्रेणीका मधुर धुनले दिन्छ आभा वसन्त आफ्नै चेला युवकयुवती देश हाँक्ने अनन्त । ३छक्कापञ्जा कुटिलपनका वात यिन्को हुँदैन गर्ने कोही यदि जब भए मान्नता नै हुँदैन सोझो आफ्नो सरल गतिमा मार्ग राम्रो त दिन्छ हो त्यो ज्ञानी सरर बहँदै ज्ञानको भाव बोल्छ । ४शिक्षा यौटा असल गतिलो मेरुदण्डै बनेको नौला–नौला हरतरहका खोज राम्रो गरेको मान्छे हाम्रो सहज सजिलै हिँड्छ अध्यापकै त्यो आँफू जल्दै वरपर सधैँ मैन बत्ती बनेको । ५शिक्षा अर्को हृदयभरमा ज्ञान आगो छ बाल्ने राम्रो कस्तो गहन–गरिमा छिद्रमा भित्र पस्ने दीक्षा छर्ला मन–मगजले दीर्घजीवी ऊ बन्ने मर्ला डढ्ला शरीर तन त्यो आत्मा कैले नमर्ने । ६चित्तै दुख्ने जब अनुजले देश ताक्दा त अर्को लोभी–पापी विकसित भनौँ गर्छ ढाट्ने जमर्को सार्नेचोर्ने अनुभव कला ज्ञानको स्रोत मान्छ जे जो राम्रो गहन गरिमा सार्छ सक्दै लघार्छ । ७चेलाचेली परपर गए ज्ञान शिल्पी छ सिक्नैफर्की आए वर–घर छिटो बीज नौलो छ रोप्नैसुर्कासुर्की, थरघर सबै जोत्न बाँकी बलौटा रोपे फल्लान् हर–तरहका अन्नबाली अनौठा ।
प्रदेश १ को नामकरणका लागि आज शुक्रबार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुका बिचमा सर्वदलीय छलफल हुँदैछ । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको आव्हानमा सर्वदलीय छलफल आव्हान भएको हो ।
जीवन यात्रा उत्साह र उमङ्ग बल्छीमा माछा । सपना पनि यौटा यात्राको बिन्दु