पयुल ग्यालखापला खाक्छे क्यानी काङग्यूकी छ्योगला ज्युयी वाउ मिरिगकी थोकला ङोशी ज्याङ वतु श्यार्वा तिवा याम्बा चिछोगकी मिमाङ्ग तिवा सिसिन च्याई गोमाला वाई ।
बीपी कोइरालाका दुई वटा भनाइ, जो सधैँ चर्चामा पनि रहे र जसलाई सधैँ विवादित बनाउन एउटा पक्ष लागिरह्यो, ती भनाइ आज पनि अत्यन्त सान्दर्भिक रहेका छन् । ‘राजा र मेरो घाँटी जोडिएको छ’ भन्ने भनाइ र ‘पञ्चहरू काँग्रेससँग नतर्स, काँग्रेसहरू पञ्चहरूसँग नझस्क’ भन्ने बीपीको तत्कालीन समयलाई दिशाबोध गर्ने भनाइहरू अहिलेको अवस्थामा पनि मननीय छन् । समकालीन राजनीतिको विश्लेषणका आधारमा बीपीले व्यक्त गरेका यी भनाइहरूको मर्म बुझ्दै त्यसको गहनतामा पुगेर आत्मबोध गर्न सक्यौँ भने हामीलाई समाजको समकालीन अवस्थाको विश्लेषण गर्दै समस्याको पहिचान गर्न र ती समस्यालाई सम्बोधन गर्नका लागि राष्ट्रिय एकता निर्माण गर्न मद्दत पुग्ने छ ।
श्यार्वी पयुलकी युलकोर यार्गे जोप यिन् सिसिन पयुल स्युङ दाङ मु मुला दिकी क्ष्योक्ला लाका किरु मिमाङ तिवी साङ राङ क्ष्योग्ने चो अक्ष्योउती ङार क्यान गोमा किरु यिन् सिसिन भिजिड नेपाल २०२० साङ जो ल्हमु क्यान यार्गे तोङ थुपु सुङसुङ ।
तिमीले चिनाएको देशको झण्डा हातमा उठाएर म आज नागरिक बनेको छु तिमीले रचेको इतिहास पढेर खोल्सा, खोँच र गोरेटाहरू अनि आफ्नै अनुहार चिन्ने भएको छु
बालक छोरा सोध्छ – “आमा ! मैले धेरै पढेर के गर्ने ?” “बाबुु, ठूलो ज्ञानी मान्छे बन्ने” तर विडम्बना छोरो ठूलो भयो, पढेर ज्ञानी बनेन पैसा कमायो घमण्डी पो बन्यो ।
चट्ट कपाल कोरेर बेँसीतिर झरेरतिमीलाई भेट्न आएको मन परेर । चित्त मेरो दुःखायौ कान्छी तिमीले नजिक बस्न खोज्दा पर–पर सरेर ।अरूको जोडी हेर कति मिलेको बसेका छन् मन अनि तन जोडेर । तिम्रो शरीरमा त मैले छुनै नहुने गल्ती भयो तिमीसँग माया गरेर । धेरै फुर्ती नलाऊ तिम्रो त्यो बैँसको पात झरेभैmँ एकदिन जान्छ झरेर ।
ह्याम्बु ग्याल्खापकी काङग्यूकी क्ष्योग्ला लो गोमान्ये ज्युन ज्युयी वाउ श्यार्वा तिवा पयुलकी मिङ जम्बुलिङला क्योलुला खाक्छेम्बु ल्येगेन ज्योकी वाउ मिरिग स्यिगयिन् । ताप्लेजुङ जोङखाकी श्यार्वा मिमाङ्ग तिवा लोप्ज्योङ तङ कोर नाछोगकी कोर्ला थाक्रिङ वतु तप्की साङ श्यार्वा तिवा तन्दासाग सिक्याउ दोके क्यान याम्बा चिछोगकी मुला गोमाला हुङ माथुप वाई । ग्याङडागकी क्ष्योग्ला, लोप्ज्योङकी क्ष्योग्ला, छ्याप्सीकी क्ष्योग्ला क्ष्योग चुकोतिला ल्हाप यिन्सीनाङ श्यार्वा मिमाङ तिवा ठिक्पेयी तिङलाराङ खेल वाई ।
हिजोअस्तिदेखि दिन धुम्म भइरहेको थियो । न त उघ्रिन सकेको थियो न त पानी नै पर्न । आज साँझ भने हुरी चल्न थल्यो । यसले ठूलै वितण्डा मच्चाउने पो कि भन्ने पनि लाग्यो । ‘ड्याङ ड्याङ’ झ्यालहरू एकआपसमा ठोक्किन थाले । ऊ उठ्छे, झ्याल लगाउँछे, ढोका थुन्छे । हुरी कम भएको हो वा अझै चल्छ पत्तो छैन तर लाग्छ अब हुरी रोकिन्छ । ‘टिक टिक टिक’ घडीको आवाज आइरहेको छ । आफू आफैँभित्र बन्द भई विचार शून्य भएकाले उसलाई लागेको थियो समय रोकिएछ तर होइन, रातको १० बजिसकेछ । विवेकलाई फोन गरी । उसलाई थाहा थियो फोन उठ्दैन भनेर तर झिनो आशाको त्यान्द्रोले उसलाई बाँधेको थियो ।
अचेल विदेश भ्रमणका अनुभवलाई समेटेर पनि उपन्यास लेखिएको पाइन्छ । यसक्रममा विमला अधिकारी देवकोटाले स्वदेश र विदेशको सामाजिक परिवेशलाई समेटेर ‘मनकली’ उपन्यास प्रकाशन गर्नुभएको छ । रोजगारीको क्रममा लामो समय इजरायल बस्दा उपन्यासकारले भोगेका र देखेका परिवेशलाई केन्द्रबिन्दु बनाएर यो उपन्यास लेखिएको हो । विदेश जान नेपाली युवालाई बाध्य पार्ने नेपालको वर्तमान परिस्थितिको पनि यसमा सुन्दर वर्णन गरिएको छ ।
अमेरिका नर्थ क्यारोलिनामा नेपाली मुलका अमेरिका बस्दै आउनुभएका सतीस चापागाई डेमोक्रेटिक पार्टीको मेरिल्याण्ड राज्यको काउन्टी सदस्यमा निर्वाचित हुनु भएको छ ।
साउन महिना वर्षभरिमा सबैभन्दा सरस, सुन्दर र सजल मानिन्छ । यो महिना मनोरम र मनोहर पनि मानिन्छ । महिनाभरि दिनरात पानी परिरहने भएकाले गर्मीको अनुभव हुँदैन । आकाशमा बादल लुकामारी खेलिरहेको हुन्छ । तसर्थ घामछायाँको छवि पनि दर्शनीय हुन्छ । शीत र तापमा समन्वय देखिन्छ । साहित्यकारका लागि पनि प्रेरणाको स्रोतका रूपमा यो महिनाले प्रसिद्धि प्राप्त गरिसकेको छ ।
झापाको दमक नगरपालिकाले कोभिड महामारीको समयमा सञ्चालनमा ल्याएको अस्थाई कोभिड उपचार तयारी अवस्थामा राखेको छ । पुन कोभिडको संक्रमण बढ्न थालेपछि ३० बेड क्षमताको कोभिड अस्पताललाई तयारी अवस्थामा राख्ने निर्णय गरेको र आवश्यक तयारी सुरु भएको दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले बताउनुभयो ।
कुनै समय प्रवासमा नेपाली सिनेमाको प्रदर्शन एकादेशको कथाजस्तै थियो । नयाँ त परै जाओस्, पुराना चलचित्र पनि कर्मभूमिमा हेर्न पाइँदैनथ्यो तर आज सिनेमामा भित्रिएको नयाँ प्रविधिले असम्भव ठानिएका कुरा पनि सम्भव तुल्याएको छ ।
तुवाचुङ ?,’ मुन्दुम अध्येता भोगीराज चाम्लिङको भनाइ छ, “किरात राई समुदायको सम्मानित मातृथलो हो । तुवाचुङलाई सत्य, शक्ति, सभ्यता, ज्ञान र सीपको पवित्र थलो मानिन्छ ।” ज्ञान र सीप विकासको थलो भएकाले तुवाचुङ पुग्ने जो कोहीले मातृहरूसँग ज्ञान माग्ने गर्छन् । त्यति मात्रै होइन, मातृहरूको श्रद्धा गर्दै बुद्धि–विवेक माग्नसमेत बिर्संदैनन् ।
म्याग्दीमा निर्माणधिन पक्की पुलमा ठेकेदारले लापरबाही गरेको आरोप लगाउँदै स्थानीयले अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा उजुरी गरेपछि पुल निर्माण रोकिएको छ । बेनी नगरपालिका ४ सिंगा देखि मंगला गाउँपालिका ३ बरंजालाई जोड्ने गरी म्याग्दीखोलामा तिनवर्ष अघि निर्माण थालिएको उक्त पुलको ढलानमा ठेकेदारले लापरबाही गरेको भन्दै स्थानीय केही व्यक्तिले अख्तियारमा उजुरी गरेका हुन ।