• १० मंसिर २०८१, सोमबार

आमाको आशा (कविता )

blog

 बालक छोरा सोध्छ –

“आमा ! मैले धेरै पढेर के गर्ने ?”

“बाबुु, ठूलो ज्ञानी मान्छे बन्ने”

तर विडम्बना 

छोरो ठूलो भयो, पढेर ज्ञानी बनेन

पैसा कमायो घमण्डी पो बन्यो ।

धनको तुुजुुक देखाउँदै–

आफन्तहरूलाई मान्छे गन्न छोड्यो

सहरमा ठूलो महल बनाउन थाल्यो 

दुुःखी गरिबलाई हेलाँ गर्न थाल्यो ।

उसको क्रियाकलाप 

आमालाई कत्ति मन परेन 

त्यसैले आमाले भनिन्–

“बाबुु ! बेघरलाई साना साना घर बनाइदेऊ

गरिबको आङमा लुुगा लगाइदेऊ

भोकालाई अन्न खुवाइदेऊ 

निरक्षरलाई साक्षर बनाइदेऊ 

मेरो इच्छा पुु¥याइदेऊ ।”  

 तर,

आमाको इच्छालाई कुुल्चँदै 

छोरो विदेशियो, घर फर्केन

विदेशीसँग घरजम बसायो 

मातृभूमिलाई चटक्क बिर्सियो 

परदेशमै रमायो 

आमाको आशा निरासामा बदलियो ।