भारतले शनिबार पहिलो एकदिवसीय खेलमा घरेलु टिम वेस्ट इन्डिजविरुद्ध रोमाञ्चक तीन रनको जित हात पारेको छ। क्विन्स पार्क ओभलमा भएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा ३०८ रनको विशाल स्कोर तयार पारेको थियो। वेस्ट इन्डिजले जवाफमा छ विकेटको क्षतिमा ३०५ रन बनायो। भारतको वेस्ट इन्डिजमाथि यो लगातार छैटौँ जित हो। सन् २०१८ पछि वेस्ट इन्डिजले भारतलाई एकदिवसीय क्रिकेटमा हराउन सकेको छैन।
आर्थिक बर्ष २०७८÷०७९ मा तातोपानी नाकाबाट लक्ष्यभन्दा दोब्बर राजश्व संकलन भएको छ । एक अर्ब ४६ करोड लक्ष्य राखिएकोमा तीन अर्ब ४२ करोड राजश्व संकलन भएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिनुभयो ।
केबीसी अस्ट्रेलियाको आयोजनामा यहाँका विभिन्न सात प्रमुख सहरमा आयोजना हुन लागेको धमाका २०७९ अस्ट्रेलिया टुर सुरु भएको छ । टुरमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, गायिका रचना रिमाल, कमेडियन सुवोध गौतम र दीपक आचार्य काकु सहभागी छन् ।
लहानको मुख्य चोकमा बिहान दर्जनौँको सङ्ख्यामा विपन्न दलित बालबालिका कबाडी र फोहोर सङ्कलन गरिरहेका हुन्छन्। सडकमा फलिएका खाली पानी खाने बोटल, जुसका डिब्बाहरू सङ्कलन गरी कबाडी केन्द्रमा बिक्री गरी दिनहुँ दुई/चार सय कमाइ गरी आमाबुवालाई दिने गरेको कबाडी सङ्कलन गर्ने बालबालिकाले बताए।
मुगु कर्णाली र जुम्ला कर्णालीको दोभानस्थित कालीकोटको नाग्म बजार बाढीको उच्च जोखिममा परेको छ । बजारसँगै धार्मिकस्थल कृष्ण मन्दिरसमेत जोखिममा परेको छ । कर्णालीको माथिल्लो हिमाली क्षेत्रमा अत्यधिक वर्षा भएकाले कर्णालीमा बाढी आएको हुँदा दोभानमा डुबान र बाढीको जोखिम बढेको हो । जुम्ला कर्णालीभन्दा मुगु कर्णालीमा पानीको बहाव निकै बढेको छ । कर्णाली प्रदेशको माथिल्लो हिमाली भेगमा अत्यधिक वर्षा भएको बताइएको छ ।
चौरजहारी नगरपालिकाले कार्यपालिकाको कार्यालयमा आउने सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण सुरु गरेको छ । कार्यालयको सार्वजनिक सेवा प्रवाहको अवस्था बारेमा जानकारी लिने उद्देश्यले सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण सुरु गरिएको नगरपालिकाले जनाएको छ ।नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले कार्यालयको सेवालाई प्रभावकारी बनाउन सेवाग्राही सन्तुष्टि सर्वेक्षण गर्न थालिएको बताउनुभयो ।
बर्दगोरिया गाउँपालिका–२ मा लम्कीचुहा नगरपालिका–१० का वसन्त डङ्गौरा एक ग्राम २०० मिलिग्राम लागूऔषधसहित साउन २ गते साँझ पक्राउ परे । टीकापुर नगरपालिका–१, वनगाउँका २९ वर्षका सुरज पुनमगरको साथबाट साउन १ गते एक ग्राम ८५० मिलिग्राम खैरो हिरोइन फेलाप¥यो । मगरले २६ वटा स–साना पोका बनाई चुरोटको बट्टामा लुकाएर राखेको अवस्थामा प्रहरीले फेलापारेको थियो ।
शेर्पा कलाकार सङ्घको अध्यक्षमा कुङगा शेर्पा निर्वाचित हुनु भएको छ । संघको सम्पन्न दोस्रो महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा साङगे शेर्पा, उपाध्यक्षमा दावा शेर्पा, महासचिवमा लमु शेर्पा, कोषाध्यक्षमा पल्मु शेर्पा निर्वाचित हुनुभएको छ ।
म्याग्दी स्वास्थ्य बीमा कार्यक्रम २२ प्रतिशत जनसङ्ख्याको पहुँचमा मात्रै पुग्न सकेको छ । २०७३ सालदेखि म्याग्दीमा यो कार्यक्रम लागू भएको हो । राज्यको नीतिअन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने संविधानमै उल्लेख छ । म्याग्दीमा स्वास्थ्य बीमा कार्यक्रम २०७३ पुस १३ गतेबाट लागू भएको थियो । यो कार्यक्रम लागू भएको छैटौँ वर्ष चल्दै गर्दा अझै पनि जिल्लाका २५ प्रतिशत नागरिकले त्यसको सुविधा लिन पाएका छैनन् । अहिले स्वास्थ्य बीमा कार्यक्रम नेपालमा ७७ जिल्लामा लागू भएको छ ।
संखुवासभाका साहित्यकार एवं शिक्षक ताराबहादुर बुढाथोकीको ‘बाउ’ नामक उपन्यास विमोचन भएको छ । शनिबार बुढाथोकीको आख्यान कृति ‘बाउ’ नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा प्रतिष्ठानमा उपकुलपति डाक्टर जगमान गुरुङले विमोचन गर्नु भयो ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पताल अहिले बेथितिको अखडा बनेको छ । जिल्लाको सबैभन्दा पुरानो अस्पतालका रूपमा रहेको पृथ्वीचन्द्र अस्पताल सेवा प्रवाह, अस्पतालको व्यवस्थापन, सुशासन र प्रशासन व्यवस्थापन सबै हिसाबले जिल्लाकै बेथितिको अखडा बनेको मिडिया एसोसिएसन नवलपरासीका अध्यक्ष बेचु गौडले बताउनुभएको छ ।
जिल्लाको विभिन्न स्थानमा विकास निर्माणको नाममा वन फँडानी गर्ने क्रम बढेको छ । जिल्लाको तानसेन, रैनादेवी छहरा, तिनाउ, माथागढी, निस्दी गाउँपालिकाको विभिन्न स्थानमा वन फँडानी गर्ने क्रम बढेको हो ।
तारागाउँ रिजेन्सी होटल्सलाई हक हस्तान्तरण गरी दिएको १५० रोपनी जग्गा सरकारको स्वामित्वमा ल्याउन दिएको निर्देशन तीन वर्ष बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन। बरु विभिन्न निकायले सो विषयमा छानबिन समिति बनाउँदै प्रतिवेदन तयार गर्ने काम मात्र हुँदै आएको छ।
संसद्को शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य बीमा कार्यक्रमलाई बीमा ऐनअनुसार अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले बजेट वक्तव्यपछि निम्तिएको समस्यालाई मन्त्रिपरिषद्मा प्रस्ताव लगेर समाधान खोज्नुपर्ने बताउनुभयो ।
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या पुनः बढ्दै गएको छ । केही दिन अघिसम्म दैनिक चार जनासम्म सङ्क्रमित व्यक्ति देखिने गरेको भए पनि पछिल्ला दिनमा दैनिक चार सयभन्दा बढी सङ्क्रमितको सङ्ख्या नाघ्न थालेको छ । यसरी कोरोना सङ्क्रमण ह्वात्तै बढेपछि कतिपयले यसलाई नेपालमा कोरोनाको चौथो लहरका रूपमा लिन थालेका छन् । यद्यपि सरकारले चौथो चरणमा कोरोना पुगेको पुष्टि भने गरेको छैन ।