• ३ साउन २०८१, बिहिबार

शेर्पा कलाकार सङ्घको अध्यक्षमा कुङगा निर्वाचित

blog

शेर्पा कलाकार सङ्घको नवनिर्वाचित कार्यसमिति ।

काठमाडौं, साउन ८ गते । शेर्पा कलाकार सङ्घको अध्यक्षमा कुङगा शेर्पा निर्वाचित हुनु भएको छ । संघको सम्पन्न दोस्रो महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा साङगे शेर्पा, उपाध्यक्षमा दावा शेर्पा, महासचिवमा लमु शेर्पा, कोषाध्यक्षमा पल्मु शेर्पा निर्वाचित हुनुभएको छ ।

कलाकारिता क्षेत्रमा लागि परेका शेर्पा समुदायका अन्य जुझारु युवाहरु सदस्यमा निर्वाचित भएका छन् । निर्वाचित नयाँ कार्यसमितिलाई अग्रज कालाकार तथा शेर्पा अगुवाहरुले बधाई एवं शुभकामना दिनुभएको थियो ।