सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । आइतबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘‘कारागार विधेयक, २०७८ लाई पारित गरियोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
शनिबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा चार हजार आठ सय १६ जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने नौ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
प्रिय भाइबहिनीहरू, ‘बुलिङ’ अर्थात् बदमासी भनेको के हो, के तपाईंहरूलाई थाहा छ ? स–साना भाइबहिनीदेखि किशोरकिशोरीले गर्ने त्यस्तो प्रकारको व्यवहार जसमा उनीहरूले आफ्नो साथीभाइ, दिदीबहिनी र कहिलेकाहीँ त आफ्नै गुरु तथा गुरुआमाहरू तथा जो कोहीलाई मनमा बिझ्याउनेगरी गर्ने व्यवहारलाई बुलिङ (Bullying) अर्थात् बदमासी भन्ने गरिन्छ । जो कसैलाई मर्का पर्नेगरी कुनै त्यस्तो व्यवहार गर्ने र उक्त व्यवहारको प्रतिक्रिया हेरेर आफूले आन्नद लिने जे जति कार्य पर्दछन् ती सबै समस्यामूलक व्यवहारलाई नै ‘बुलिङ’ भनिन्छ । तपाईंहरूको मनको साथी मुनाको यस अङ्कमा यसै विषयमा केही कुरा गरौँ है त :
पल्लोपाखा सामुदायिक माध्यमिक विद्यालयका दुई शिक्षकले यस वर्ष एकैपटक काम छाड्नुभयो । पढाउन थालेको झण्डै १० वर्षमा विद्यालय छाड्नुभएका राजु पौडेल र सात वर्षमा विद्यालय छाड्नुभएका विकास पौडेल विद्यालयबाट मात्रै टाढा हुनुभएन, उहाँहरू जन्मेको थातथलो नै छाडेर हिँड्नुभयो ।
खेतको रोपो मनको धोको जीवनको जुहार पसिना झुल्छन् धानका बाला मङ्सिरको मुहार खोलाको पानी आँखाका नानी बाउसे, रोपार ब्याडे र बाउसे खेताला खेतका सहकाल ओसार
मृत्यु फरक शैलीमा आइरहेछ मनिर ऊ मभित्र गहिरोसँग रोपिइसकेको छ न म उसलाई उखालेर फ्याक्नु सक्छु न ऊबाट भाग्न तथापि म रोप्न सक्छु फूल जसले
आज (आइतबार) पनि देशैभर मौसम सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा नियमित भन्दा केही दक्षिण तिर अवस्थित रहेकोले मनसुनी प्रणाली झन् थप सक्रिय बन्ने महाशाखाले जनाएको छ।
सौर्यमण्डलको आकार कत्रो छ ? हाम्रो सौर्यमण्डल रहेको आकाशगङ्गा मिल्की वे आकारमा कति ठूलो छ ? मिल्की वेको केन्द्रमा के छ ? यी प्रश्नको उत्तर सजिलै बुझ्न गाह्रो छ । वैज्ञानिकले अनुसन्धानबाट स्पष्ट पारेका छन्, हाम्रो आकाशगङ्गामा खर्बौं तारा छन् र यस्ता आकाशगङ्गा ब्रह्मान्डमा खर्बौंको सङ्ख्यामा छन्। अब अनुमान लगाउनुस् आकाशगङ्गा र ब्रह्मान्डको आकार कति ठूलो होला।
मध्यपहाड र तराईका विभिन्न जिल्लामा बहुउपयोगी जडीबुटी तथा गैरकाष्ठ वन पैदावार निम पाइने गर्छ। निमलाई अङ्ग्रेजीमा मारगोसा ट्रि भनिन्छ र यसको वैज्ञानिक नाम अजाडिरक्टा इन्डिका हो। मेलिएसी वानस्पतिक परिवारमा पर्ने यो वनस्पति १५ देखि २० मिटरसम्म उचाइ हुने सदावहार रुख वर्गमा पर्दछ। बहुउद्देशीय बिरुवा निम धेरै पहिलेदेखि पहिचान भएको र समाजमा विभिन्न रोगको उपचारका लागि प्रयोग हुने गरेको छ।
कृषि उत्पादनका क्षेत्रमा वित्तीय संस्था अनुदार देखिएका छन् । आव २०७९/८० का लागि नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको मौद्रिक नीतिमा उक्त विषय उल्लेख छ । नेपाल राष्ट्र बैङ्कले वित्तीय संस्थालाई लगानीयोग्य रकमको १५ प्रतिशत कृषि क्षेत्रमा लगानी गर्न भनेकामा उनीहरूले १२.२८ प्रतिशत लगानी गरेका छन् । “एकातिर कृषिको आयात चुलिएको छ । अर्कातिर वित्तीय संस्था लगानीमा अनुदार देखिएपछि कृषिको परनिर्भरता तत्काल घट्ने देखिँदैन,” अर्थशास्त्रका जानकार भवानी खनालले भन्नुभयो । गत आर्थिक वर्षको अन्त्यसम्ममा वित्तीय संस्थाले कृषि क्षेत्रमा चार खर्ब ९० अर्ब १५ करोड रुपियाँ लगानी गरेका थिए । यो लक्ष्यभन्दा झन्डै तीन प्रतिशतले कम हो । सोही अवधिमा गत जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार सहुलियतपूर्ण कृषि कर्जा लिने कृषकको सङ्ख्या ६० हजार ६१८ रहेको छ ।
नेपाल एसबीआई बैङ्क र हेफर इन्टरनेसनल नेपालबीच महिला उद्यमी तथा साना किसानलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउन सम्झौता भएको छ । बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलम र हेफर नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको बैङ्कले जनाएको छ ।
मेगा बैङ्क नेपाल लिमिटेड १३औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा मेगा बैङ्क नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले मेगा बैङ्कले तर्जुमा गरेका रणनीतिक पञ्चवर्षीय योजना, बजेटको सही प्रक्षेपण र कार्यान्वयनले छोटो समयमै कतिपय बिधामा अग्रणी बैङ्कका रूपमा स्थापित हुन पुगेको बताउनुभयो । उहाँले साना तथा मझौला उद्योग तथा व्यवसायअन्तर्गत कृषि, लघुवित्त, महिला उद्यम कर्जा, विपन्न क्षेत्र कर्जासँग सम्बन्धित विधामा महìवपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
विराटनगरका उद्योगी–व्यवसायीले मौद्रिक नीतिले विदेशी मुद्रा सञ्चितिको चापलाई सुधार गर्नसक्ने प्रतिक्रिया दिएका छन् । नेपाल राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको आव २०७९÷८० को मौद्रिक नीति सम्भावित आर्थिक सङ्कट रोक्न सहयोगी बन्ने उहाँहरूले बताउनुभयो । तर, मौद्रिक नीतिले तरलता अभावको समस्या सम्बोधन, ब्याजदर घटाउने, लगानी बढाउनेलगायतमा भने सहयोगी बन्नेमा उद्योगी–व्यवसायीको आशङ्का छ ।
इङ्ग्लिस प्रिमयर लिगका दुई क्लब म्यान्चेस्टर युनाइटेड र एस्टन भिल्लाबीच शनिबार भएको खेल २–२ ले बराबरीमा सकिएको छ। यस नतिजासँगै प्रिसिजनमा म्यान्चेस्टर युनाइटेडको विजयी यात्रा रोकिएको छ।
आर्थिक बर्ष २०७८/०७९ मा गुल्मीमा सवारी दुर्घटनाबाट १७ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको तथ्याङक अनुसार जिल्लाका विभिन्न क्षेत्रमा भएको दुर्घटनामा परेर १७ जनाले ज्यान गुमाएको जनाएको छ ।