• १५ असार २०८१, शनिबार

आजपनि देशभर मौसम सक्रिय

blog

काठमाडौं, साउन ८ गते । आज (आइतबार) पनि देशैभर मौसम सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा नियमित भन्दा  केही दक्षिणतिर अवस्थित रहेकोले मनसुनी प्रणाली झन् थप सक्रिय बन्ने महाशाखाले जनाएको छ। 

जसको प्रभावले हाल लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का केही भूभागमा सामान्यदेखि पूर्ण बदली रही चट्याङसहित मध्यम वर्षा भइरहेको छ। देशका अन्य भूभागमा आंशिकदेखि सामान्य बदली छ। 

 आज दिउँसो  देशको केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।  राती प्रदेश १ को एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।