• १३ असोज २०८१, आइतबार

प्रतिनिधिसभा बैठक सुरु

blog

फाइल तस्बिर

काठमाडौं, साउन ८ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ ।

आइतबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘‘कारागार विधेयक, २०७८ लाई पारित गरियोस्’’  भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले आजको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’’ पेश गर्नुहुने जानकारी दिनुभयो ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।